एकता मंच परित्याग गरि मूल प्रवाहमा प्रवेश

डव्वाली, (पंजाब) । भारत स्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजप्रतिको विश्वास झनझन गाढा र दृढ हुँदै गइरहेको छ ।

नेपालमा राष्ट्रिय जनमोर्चा निकट रहेको मूल प्रवाह एकातर्फ भारतमा सामाजिक कार्य तिव्र पार्दै नेपालीहरुका हकअधिकार तथा न्यायको दिशामा अविचलित संघर्ष गर्दै आइरहेको छ भने अर्को तर्फ स्वदेशको राजनैतिक परिदृश्यलाई पनि नजीकबाट नियाल्दै राष्ट्रियता जनतन्त्र र जनजिवीकाको पक्षमा पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग समर्थन गर्दै आइरहेको संगठन हो ।

मूल प्रवाह सुदुरपश्चिमोत्तर क्षेत्रीय सचिव त्रिभुवन भटृटराईले दिएको जानकारी अनुसार नेपालमा युद्धकालीन अवस्थामा करिव ८ वर्षसम्म छापामार लडाकु रहेका जय बहादुर साउँद मूल प्रवाहमा प्रवेश गर्नुभएको छ । साउँद केहि समयदेखि पंजाबको डव्वालीमा कार्यरत तथा नेपाली एकता मंचका सक्रिय कार्यकर्ताको रुपमा रहँदै आउनु भएको थियो ।

जय बहादुर साउदलाई क्षेत्रीय सचिव त्रिभुवन भटृटराईले ८ मार्चका दिन एक सभा बीच मूल प्रवाहको सदस्यता दिइ प्रवेश गराउनु भएको हो । जय बहादुर साउँद डडेलधुरा नवदुर्गा गाउँपालीका ५ निवासी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार