कोचिनमा ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

कोचिन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समिति अन्तर्गत महिला बिभागको आयोजनामा ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो । महिला बिभागकी गिता सुवेदीको अध्यक्षता मूल प्रवाह नगर सचिब जनक बिसिको सञ्चालन तथा स्वागत भाषण जानकी बिसिले गर्नु भएको थियो ।

सरस्वती बीसी, रिखेन्द्र बिसि, करण बिक, प्रेम बिक, दुर्गा जिएम, दिर्घराज अधिकारी र मेघराज बीसी
लगायतका बक्ताहरुले महिला उत्पिडन समस्या प्रतिक्रियावादी राज्यमा झनै जटिल र समस्याको रुपमा देखापरिरहेको कारण यो समस्या वर्गीय समस्या भएको, त्यसका लागि नयाँ जनवादी क्रान्ति समाजवाद हुँदै साम्यवादी व्यवस्था निर्विकल्प भएको तथा यसको लागि माक्र्सवाद, लेनिनवाद, माओत्सेतुङ बिचारधारा अवलम्बन गर्ने सङ्गठनमा आबद्ध पर्नेमा जोड दिनु भएको थियो ।

देशको तत्कालीन विषयमा भारतीय साम्राज्यवादले लिपुलेक, लिम्पीयाधुरा, कालापानी माथि गरेको हस्ताक्षेपमा सरकार लाचार बनेको र अमेरिकी साम्राज्यवादले, नेपालमा घुमारो प्रकारले एमसीसी घुसाउन गरेको षडयन्त्र देशलाई रणभुमि बनाउन गरेको योजनाप्रती देशभक्तहरु सजक रहनु पर्नेमा समेत वक्ताहरुको जोड थियो ।

अन्त्यमा नारी हिंसा अन्त्य गरौ गितले हल गुन्जायमान भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार