लुधियानामा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना सिटी र लुधियाना फोकलपाइन्ट महिला नगर विभागको संयुक्त आयोजनामा क्षेत्रीय कार्यालय लुधियानामा ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश सम्पन्न पारिएको छ ।

विमला अधिकारीको अध्यक्षता तथा ज्योती मगरको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा अतिथिहरुको आशन ग्रहण पछि ज्ञात अज्ञात शहीदहरुप्रति एक मिनट मौनधारण पश्चात बल वहादुर केसीले स्वागत मन्तव्य दिनुभएको थियो ।

वक्ताहरुले समारोहमा केन्द्रीय सदस्य वासुदेव भटृटराई, परिषद सदस्य दोर्ण प्रसाद पोखरेल, क्षेत्रीय सदस्य हरि केसी, उदैसिंह चन्द, मूल प्रवाह लुधियाना फोकलपाइन्टका अर्जुन कार्की, विद्यार्थी विभागका मणी थापा, जनजाति विभागकका मान बहादुर आले, रक्तिम विभागका शंकर परियार, समता विभागका भरत विक र मूल प्रवाह लुधियानाका रामचन्द्र पौडयाल लगाएत मन्तव्य दिनुभएको थियो । वक्ताहरुले महिलाहरुको मुक्ति आन्दोलनमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको ऐतिहासिक महत्वबारे चर्चा गर्दै महिला मुक्ती आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोडनु पर्ने धारण राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार