नई दिल्लीमा साँस्कृतिक भेला सम्पन्न

नई दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिको आयोजनामा १ जुन २०२५ का दिन भेला सम्पन्न भएको छ ।

सो भेला पश्चिमउत्तर क्षेत्रीय समितिको आयोजना हुन गइरहेको साँकृतिक प्रतियोगिता तयारीका लागि आयोजन गरिएको थियो । कार्यक्रममा ज्ञात अज्ञात शहिदहरुको संम्मानमा एक मिनेट मौनधारण पछि भेलामा सहभागिहरुलाई मन्तव्यद्धारा विष्णु खनालले स्वागत गर्नुभएको थियो ।

भेलामा केन्द्रीय सदस्य शिब केसी, केन्द्रय सल्लाहकार विन बहादुर कुँवर, विद्यार्थी विभागबाट ईसा केसी, साँकृतिक विभागबाट निरु पुन, महिला विभागबा माया कुँवरले आतित्थ्यता एवं मन्तव्य दिनुभएको थियो ।

त्यस्तै राम प्रसाद पान्डे, वलराम परियार, मनकला भुसाल, मन्जु घिमेरे, शान्ता परियार, पदम भुजेल, हेमा भन्डारी, सरस्वता खनाल, रोमा खनाल, जानाका भटराईले पनि आ–आफ्‌नो विचार राख्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता दिनेश पन्थीले र सञ्चालन विनोद रायमाजीले गर्नु भएको थियो । कार्यक्रममा सहभागिहरुलाई सालिकराम पौडेलले धन्यवाद मन्तव्य दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार