
डिलबहादुर भट्टराई भिवानी
24 जुन 2025, हरियाणा पुलिस भिवानी तोसाम थानाले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीका कार्यकर्ताहरू चोप बहादुर पाण्डे र भुवन भण्डारीलाई सम्पर्क गरि एक जना नेपाली छतबाट लडेर दुर्घटना भएको र त्यसको कुनै आफन्त नभएकोले घर परिवारलाई सुचित गर्न र अन्य कानुनी कार्यावाहीमा मदत गर्न सहयोग मागेको हुदा थानामा पुगि सहयोग गर्ने काम भयो । उनको समानमा नेपाली नागरीकता प्रमाण पत्र भटिए पछि मृतक सोलुखुम्बु जिल्ला नेचासल्यान गापा 4 नेचाबेतघारी बस्ने वर्श 50 को रमेश राई भनी परिचय खुल्यो । निज रमेष राईले देशी तथा अंग्रेजी रक्सी ठेक्का, हिसार रोड तोसाम जिल्ला भिवानी हरियाणामा काम गर्नुहुन्थ्यो । 24 जुन 2025को बिहान मृत अवस्थामा फेला पर्नुभयो। पोस्टमार्टम गराउनको लागि भिवानीको सरकारी अस्पतालमा ल्याउने काम भयो। र मृतक रमेश राईको घरमा सम्पर्क गर्ने काम भयो। परिवारबाट हामीहरू दाँह संस्कारको लागि उपस्थित हुन असम्भव छ हजुरहरूले नै दाँह संस्कार गरिदिनु होस भनी वार्ड कार्यलयबाट लिखित मन्जुरनामा पठाई दिनु भयो । 24 जुन 2025 का दिन साँझ पोस्टमार्टम पश्चात करिब 4 बजे उहाँको दाहसंस्कार गरीयो, दाँह संस्कारमा प्रवासी नेपाली संघका साथीहरूको पनि सहभागीता रहेको थियो । दाँह संस्कारका साथै षोक सभा गरियो। षोक सभालाई मूल प्रवाह नगर अध्यक्ष डिलबहादुर भट्टराई, प्रवासी नेपाली संघ भारत नगर समिति भिवानीका सचिव दिल्लीराम तिवारीले सम्बोधन गनु भएको थियो । डिल बहादुर भट्टराईले शोक मन्तव्यमा भन्नु भयो “प्रवासी नेपालीहरूको समस्या अत्यन्तै अप्ठ्यारो हुँदै गइरहेको र प्रवासी नेपालीहरूको बारेमा सरकारले कुनै पनि कार्य गर्न नसकेको बताउँदै सत्ताभन्दा बाहिर रहँदा राजनैतिक पार्टीहरुले स्वदेशी तथा प्रवासी नेपालीहरूको समस्या समाधान गर्ने देशमा रोजगार उत्पादन गर्ने बताउँछन् तर सत्तामा पुगेपछि आफ्नै बन्दोबस्त गर्नेतिर लाग्छन। यसैले स्वदेशी तथा प्रवासी नेपालीहरूको समस्या समाधानको लागि आम श्रमजीवी नेपालीहरू नै सचेत र संगठित हुनुपर्ने कुरा बताउनुभयो”

षोक सभालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिका मनिराम अधिकारीले सहजीकरण गर्नु भएको थियो । वहाँलेे अन्तिम संस्कारमा सहभागी हुनुभएका दुवै संगठनका कार्यकर्ताहरूलाई धन्यवाद दिँदै मृतक रमेश प्रति भावपूर्ण श्रद्धाञ्जली दिँदै परिवारप्रति गहिरो संवेदना प्रकट गर्दै शोक सभा समापनको घोषणा गर्नुभएको थियो।















