मूल प्रवाहकी कार्यकर्ता बबीता पौडेलको निधन

नयाँ दिल्ली ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति नई दिल्ली अन्तर्गत सदस्य बबीता पौडेलको २५ जुन २०२५ का दिन निधन भएको छ । उहाँ लामो समयदेखि क्यान्सर रोगसँग संघर्ष गर्दै आउनु भएको थियो ।
मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले सामाजिक संजालमा पोस्ट गर्दै शोक मन्तब्य दिनु भएको छ/ श्रद्धाञ्जली प्रकट गर्नु भएको छ ।
प्रस्तुत छ पूर्ण पाठः
“मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्य बबिता पौडेल लामो समय देखि क्यान्सर रोगसँग संघर्ष गर्दै आउनु भएको थियो, आज राति वेन्कटेश्वर हस्पिटल द्वारिकाको बेडमा क्यान्सरको जित र भाउजूको हार भयो । वहाँ लामो समय हाम्रो संगठनको सदस्य रहनु भएको र एड्रड्युजगंजमा छ्दा संगठनका हरेक कार्यक्रममा सकृयता पूर्वक सहभागी हुनुहुन्थ्यो । वहाँकै सहयोग र बन्दोबस्तमा सांस्कृतिक रिहल्सन हुने कार्यक्रममा कलाकारको छोरा अनिल, छोरी अनिता र संरक्षणको प्रेम दाई सहित धेरै कार्यक्रमहरुमा धेरै वर्षसम्म संगै हिड्नु भयो । प्रेम दाईको रिटायर्डमेन्ट पछि द्वारिका गए पछि पनि ठूला कार्यक्रममा अक्सर वहाँ सहभागी हुनुहुन्थ्यो । नयाँ दिल्ली नगर समितिको आयोजनमा सम्पन्न 24 मार्च 2025 को संघीयता विरुद्ध काठमाडौ केन्द्रित आन्दोलनको ऐक्यबद्धता कार्यक्रममा वहाँको सहभागिता रहेको थियोे त्यतिबेला बिमारीले गालेको भएता पनि समाजको मायाले आए भन्नू भएको थियो । वहाँ पछिल्लो पटक फेरि अस्पतालमा भर्ना भएको थाह पाए पछि 19 जुनमा भेट्न गएको अस्पतालमा अचेत अवस्थामा हुनुहुन्थ्यो ।मधुरवाणी, मिलनसार, दयालु हृदय, सामाजिक भावना, न्याय प्रेमी स्वभावकि धनी, बबिता पौडेलको निधनले अत्यन्त दुखी बनाएको छ । बबिता भाउजूको निधनले व्यक्तिगत रूपमा दुख बनाएको मात्रै नभई सिंगो संगठनलाई समेत क्षति पुर्याएको छ । दुखको यो घडीमा प्रेम पौडेल दाजी, छोरी अनिता, छोरा अनिल लगायत सम्पूर्ण परिवारजन प्रति समवेदना । बबिता पौडेल (भाउजू)लाई हार्दिक श्रद्धाञ्जली”

बबिता पौडेलको मूल प्रवाहका कार्यकर्ताहरू, घरपरिवार एवं आफन्तहरूको उपस्थितिमा निगमबोध घाटमा दाहसंस्कार गरिएको छ ।

सोही स्थानमा शिव केसीको सञ्चालनमा दुई मिनेट मौनधारणबाट अगाडि बढेको शोकसभामा बिनबहादुर कुँवर, युवराज पौडेल, सालिकराम पौडेल, शान्ता केसी, दिनेश पन्थी, प्रवासी नेपाली संघ भारतका टिकाराम पोख्रेल र मन्तव्य दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार