नई दिल्लीमा प्रशिक्षणात्मक महिला भेला सम्पन्न

नई दिल्ली 29जुन 2025
मुल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समितिद्वारा संचालित महिला विभागको प्रशिक्षणात्मक भेला कार्यक्रम विवेकानन्द पार्क एन्ड्गन्जमा सम्पन्न भयो । भेलाको अध्यक्षता नगर संयोजक मायाँ कुबर संञ्चालन हेमा भन्डारीले गर्नु भएको थियो । भेलामा प्रमुख अतिथी केन्द्रीय अध्यक्ष ठाकुर खनाल उपाध्यक्ष कपील खनाल केन्द्रिय सदस्य तथा पष्चिमोत्तर क्षेत्रीय सचिव शिव के सी, केन्द्रिय सल्लाहकार बिन बहादुर कुबर, क्षेत्रीय सदस्य तथा नई दिल्ली अध्यक्ष दिनेश पंन्थी, क्षेत्रीय सदस्य तथा नगर सचिव विष्णु खनाल  तथा महिला विभाग क्षेत्रीय संयोजक लक्ष्मी खडयातको उपस्थित रहेको थियो । भेलामा महिलाहरूको सषक्तीकरण, प्रवासी नेपालीका हक-अधिकार, संगठनको आवष्यकता, सहि र बैचारीक संगठनको आवष्यकता आदीबारे प्रकास पारिएको थियो । भेलामा महिलाहरूको उत्साहजनक सहभागीता रहेको थियो ।

भेलामा छलफलमा ब्यस्त अवस्था

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार