
सुरत गुजरात, 4 जुलाई 2025
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समिति अन्तरगत पर्ने मोटा वरछा सुरत मा नगर सदस्य पुस्कल तिमिल्सिनाको पहल कदमीमा भेला सम्पन्न भएको छ । भेलाको अध्यक्षता धर्मेन्द्र बिक र संचालन बिरेन्द्र बिष्टले गर्नु भएको थियो । भेलामा केन्द्रीय सदस्य तथा पेशेवर गोविन्द बहादुर थापा, केन्द्रिय सचीव तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष बेद बहादुर कार्की, क्षेत्रीय सदस्य पुर्ण बिक, सुरत नगर सदस्य तथा सुरत नगर महिला सयोजक शन्ति तिरुवा लगाएतको विशेष उपस्थिति रहेको थियो । भेलामा मोटा वरछामा रहनु हुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति थियो । भेलामा केन्द्रिय सदस्य गोविन्द बहादुर थापाले प्रवासमा नेपालीहरुका समस्या र संगठनको आवश्यकता र मूल प्रवाहले खेलेको भुमिका माथि प्रकाश पार्नु भयो । विभिन्न विचारलाई समर्थन गर्नेहरु मूल प्रवाह प्रवेश गरेको घोषणा गर्नु भयो ।

भेलामा सहभागीहरुको विचमा व्यापक छलफल गरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नै नेपालीहरुको अभिभावकिय संगठन रहेको र यसको विकास र विस्तारमै प्रवासी नेपालीहरुको हक हित प्राप्ति र मुक्तिको सहि बाटो रहेको भन्दै मोटा वराछा धर्मेन्द्र बिकको अध्यक्षतामा 21 सदस्यीय मोटा वराछा एरिया समिती गठन गरिएको छ । जसमा उपाध्यक्ष बिरेन्द्र बिष्ट, सचिव अकल देवकोटा,सहसचिव हिक्मत रावल,कोषाध्यक्ष मिलन बिक,सदस्यहरुमा महेश बिक, रतन चलाउने सरोज धामी, जय तिरुवा, बिर सोनी, बिर बिक, मुकेश तिरुवा, भरत कडायात, विशाल देवकोटा, रोशन धामी, बैकल्पिक सदस्यमा प्रमोद धामी, सेतान केसी, जगत धामी,सल्लाहकारमा निरज भण्डारी, जनक बिष्ट, केशर बटला रहनु भएको छ ।

नव गठित समितिलाई क्षेत्रीय सदस्य पुर्ण बिक एवं नगर महिला सयोजक शान्ति तिरुवा लगाएत ले सफलताको शुभकामना दिनु भएको थियो ।
















