नई दिल्ली महिला विभागक तथा सांस्कृतिक विभागको संयुक्त भेला सम्पन्न

20 जुलाई 2025, नई दिल्ली
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली अन्तर्गत संचालित महिला विभाग तथा सांस्कृतिक विभागको संयुक्त भेला सम्पन्न भएको छ । भेलामा 13 जुलाई 2025मा सम्पन्न पश्चिमोत्तर क्षेत्रीय समितिद्वारा आयोजित प्रगतिशील सांस्कृतिक प्रतियोगितामा सहभागी भई द्वितीय स्थानमा हासिल गर्न सफल भएका कलाकारहरूलाई अभिनन्दन एवं सम्मान गरिएको थियो ।

कार्याक्रममा प्रमुख अतिथी ठाकुर खनालले सम्बोधन गर्दै ”समाजमा फैलिदै गएको सांस्कृतिक विकृती विसंगतिले नेपाली समाजलाई गलत दिशामा डोर्याउदै लगिरहेको छ । मूल प्रवाहले हमेशा नै सामाजिक विक्रती र विसंगति विरूद्ध सचेतना फैलाउने काम गर्दै आएको छ । सामाजिक चेतना फैलाउन कला संस्कृतिको अहम भुमिका रहेको छ, भन्नु भयो । साथै वहाँले देशमा जनताका समस्या सम्बोधन हुन नसक्दा प्रतिकृयावादी पुर्नउस्थानवादी एवं साम्राज्यवादी शक्तीद्वारा संचालित अवसरवादी तत्वहरू सलबलाई रहेको हुदा राष्ट्रियता र गणतन्त्र रक्षाको लागि एकजुट हुनुको विकल्प नरहेको औल्याउनु भयो ।

भेलोको अध्यक्षता महिला विभाग संयोजक मायाँ कुँवर र सञ्चालन सांस्कृतिक विभागकी संयोजक निरू पुनले गर्नु भएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष तथा केन्द्रीय सल्लाहकार ठाकुर खनाल, केन्द्रीय समिति सदस्य शिव केसी, विन बहादुर कुँवर, क्षेत्रीय समिति सांस्कृतिक विभागका संयोजक पहल सिंह परियार, अखिल भारत नेपाली विद्यार्थी संघ क्षेत्रीय समितिबाट ईसा के.सी., क्षेत्रीय समिति महिला विभाग संयोजक लक्ष्मी खडयात लगायतको आतित्यता रहेको थियो । ज्ञात अज्ञात सहिदहरू प्रति एक मिनेटको मौन धारण पछि हिमा भण्डारीले मन्तब्यबाट र कलाकारहरुले स्वागत गीतबाट स्वागत गर्नुभएको थियो । कार्यक्रममा 13 जुलाई 2025मा सम्पन्न गुरूग्राममा सम्पन्न प्रतियोगिता नई दिल्लीका कलाकारहरूद्वारा प्रस्तुत कार्यक्रमको समिक्षा समेत गरिएको थियो । समिक्षा एवं मन्तव्य दिनेहरूमा शिव केसी, बिनबहादुर कुँवर, महिला विभागबाट सावित्री कुँवर, महिला विभागबाट मन्जु रायमाझी, मनकला भुसाल, गीता आचार्य, नगर उपाध्यक्ष युवक घर्ती, नगर सचिव विष्णु खनाल, सहसचिव विनोद रायमाझी, बलराम परियार, लक्ष्मी खडायत हुनुहुनथ्यो । प्रतियोगितामा सहभागी कलाकारहरू मनिषा घिमिरे कपिल परियार दिया परियार विद्या परियार बिपासा परियार निरुता भुसाल कल्पना भट्टराई पनि आफ्ना अनुभवहरू साझा गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार