विकाश ठकुरी भिवानी ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानी अन्तर्गत जगत कोलोनी ए, वि र रामनगर टोल समितिको संयुक्त सम्पन्न भएको छ । केन्द्रीय सदस्य तथा पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष शालिकराम आचार्यको प्रमुख आतित्थ्यतामा सम्पन्न सो भेला २० जुलाई २०२५ का दिन सम्पन्न भएको हो ।
भेलामा क्षेत्रीय सल्लाहकार तथा नगर अध्यक्ष डिल बहादुर भट्टराई, क्षेत्रीय सदस्य गोर्वधन सुनार, नगर संस्थापक सदस्य बिर बहादुर कोपिला, नगर सदस्य मोहन सिंह विक, मनिराम अधिकारी, क्षेत्रीय महिला बिभाग सदस्य हस्तुदेबी विक र रक्तिम बिभागका नगर संयोजक भुप बहादुर थापाक्षेत्रीले अतिथि आसन गर्नुभएको थियो । संयुक्त भेलाको अध्यक्षता अमृता सुनारले र सञ्चालन रमेश जिसीले गरेका थिए भने ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधारण पछि उपस्थित सहभागिहरूलाई तुलबहादुर गाहाले शब्द बाट र रक्तिम बिभागका कलाकारहरूले गित–संगितबाट स्वागत गरिएको थियोे ।
विभिन्न टोलहरूबाट क्रमशः जगत कोलोनी ‘ए’ बाट प्रेम कुमार सुर्यवंशी, ‘वि’बाट सीता भुसाल र रामगरबाट रमेश अर्यालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । व्यापक छलफल पछि कार्यकारिणीको चयन गरिएको थियोे ।
जगत कोलोनी ‘ए’ टोल समितिः
अध्यक्ष– गोपाल सुनार, उपाध्यक्ष– हुकुम सुनार, सचीव– अशोक सुनार, कोषाध्यक्ष– प्रेम कुमार सुर्यवंशी, सदस्यहरूमाः डिल बहादुर भट्टराई, सागर भुसाल, टंक बहादुर अर्याल, लङ्क बहादुर सुनार, हुम बहादुर जिसी, पितम्बर बगाले, सुनिल सुनार, दिनकर कोपिला, भिम बहादुर सुनार, अमित जिसी, सन्दीप जिसी, बिक्रम अर्याल, अनिल परियार, बिष्णु जिसी, राजेन्द्र बिष्ट, सुशील आले, धर्मपाल घर्ती, शिव अधिकारी र हरि सुनार रहनु भएको छ ।
जगत कोलोनी ‘वि’ टोल समिति:
अध्यक्ष– अमृता सुनार, उपाध्यक्ष– सीता भुसाल, सचिव– गिता अर्याल, सहसचिव– सिर्जना सुनार, कोषाध्यक्ष– लक्ष्मि खड्का, सदस्यहरूमाः साबित्रा जिसी, मिना सुनार, नारायणी अर्याल, कल्पना जिसी, उर्मिला कोपिला, किरण सुनार, मावबी सुनार, मनिशा सुनार, गिता पुन, बसन्ती विक, गिता सुनार, मधु पुन, पार्वती भट्टराई, साबित्रा बगाले, मल्टी सुनार र पार्वती सुनार रहनु भएको छ ।
रामनगर टोल समिति:
अध्यक्ष– भुप बहादुर थापा, उपाध्यक्ष– रमेश जिसि, सचिव– रमेश अर्याल, कोषाध्यक्ष– सुरज डिसी, सदस्यहरूमाः कैलाश बगाले, गोर्वधन सुनार, राजु सुनार, नारायण बिष्ट, अशोक विक, सुरज ओझा, वसन्त सुनार, बिस्नु थापा, ईन्द्र बहादुर, चन्दन सुनार र राज कुमार अर्याल रहनु भएको छ ।
नव निर्वाचित समितिलाई विद्यानगर टोल समितिका अध्यक्ष नारायण परियार, विकास नगर टोल समितिका अध्यक्ष श्याम विक, लगायत सम्पुर्ण अथितिहरूले शुभकामना दिनुभएको थियोे । जगत कोलोनी ‘ए’ टोल समिति नगर सदस्य मोहन सिंह विक, जगत कोलोनी ‘वि’ टोल समिति मनिराम अधिकारी र रामनगर टोल समिति गोर्वधन सुनारले घोषणा गर्नु भएको थियोे । कार्यक्रमको बिचबिचमा रक्तिम बिभागबाट गित र नित्य प्रस्तुत भएको थियोे ।