
27 जुलाई 2025, गुरुग्राम
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुरुग्राम नगर समिति अन्तर्गत संचालित महिला विभाग तथा सांस्कृतिक विभागको संयुक्त भेला सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी केन्द्रीय सदस्य एवं पश्चिमोत्तर क्षेत्रीय सचिव शिव के.सी.ले भारत स्थित नेपालीहरुको अवस्था र राष्ट्रीय अवस्थाकोबारेमा आफ्ना विचारहरु राख्नु भएको थियो । नेपाली जनताका प्रमुख दुस्मन सामन्तबादी र साम्राज्यवादी हुन । अहिले उनीहरूका दलाल बिचैलिया शासन सत्तामा बसेका छन् । उनीहरूले गर्दा देशमा भ्रष्टाचार मौलाएको छ, देशमा रोजगारको वातावरण छैन, बेरोजगारी झन बढको छ । त्यसकारण यूवाहरु रोजगारकोलागि खाडी देश लगायत विभिन्न देशमा पुग्ने संख्या दिन प्रतिदिन बढदो छ । यी समस्याहरू समाधानका लागि देश र प्रबासमा रहेका जनताहरुलाई संगठित गर्दै क्लास प्रशिक्षणद्वारा सचेत गराउने अभियानमा हामीहरू व्यापक रुपमा लाग्नु पर्छ । त्यो सचेत र संगठित जनताको आन्दोलनले नै हाम्रो मुक्तिको बाटो तय गर्ने छ । भन्नु भयो ।
सुमित्रा थापाको अध्यक्षता र धर्म केसीको संचालनमा अघि बढेको कार्यक्रममा केन्द्रीय सदस्य शेर बहादुर थापा सल्लाहकार राम बहादुर गौतमले आतिथि आसन गर्नु भयो । ज्ञात-अज्ञात सहिदहरु प्रति एक मिनट मौन धारण पछि सरिता बरालले शब्दबाट कलाकारहरूले गित संगितबाट स्वागत गर्नु भयको थियो ।
कार्यक्रममा शेर बहादुर थापा, राम बहादुर गौतम सुरज गतराज, गोपाल भट्टराई, रण बहादुर थापा, समुद्र सिह गौतम, एवं कलाकारहरु सतिस कुबर, सिता घर्तिमगर, जमुना थापा, करिना रसाली, संजिला गिरी, बर्षा गिरी, राधा थापा, दिपीका थापा र बिक्रम अधिकारीले आ-आफ्ना बिचार भयको थियो ।

कार्यक्रममा 13 जुलाई 2025मा सम्पन्न पश्चिमोत्तर क्षेत्रीय समितिद्वारा आयोजित सांस्कृतिक प्रतियोगितामा सहभागी भई प्रथम स्थान प्राप्त गर्न सफल भएका कलाकारहरुलाई प्रमुख अतिथि शिब के.सी.ज्यूको हातबाट हारमोनियम उपहार एवं सम्मान प्रकट गरिएको थियो ।
















