
बिकाश मल्ल ठकुरी ,
भिवानी, 1 अगस्त, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीमा लामो समय सम्म भिवानीमा काम गरेर स्वदेश गई बिभिन्न जिम्मेवारी निर्वाह गर्दै आउनु भएका पुराना कार्यकर्ता र हाल भिवानीमा कार्य गरि रहनु भएका कार्यकर्ताहरूको भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
डिलबहादुर भट्टराईको अध्यक्षता र गोर्वधन सुनारको संचालनमा कार्यक्रम अघि बढेको थियोे । कार्यक्रममा केन्द्रीय समता बिभाग सदस्य मोहन सिंह बि.क., नगर संस्थापक सदस्य बिर बहादुर कोपिला, राष्ट्रिय जनमोर्चा रुपेन्देही जिल्ला सल्लाहकार सदस्य एवं पुर्व उपाध्यक्ष कृष्णबम मल्ल, पुर्व नगर सचिव भिम बहादुर रायमाझी, पूर्व नगर सदस्य तथा सांस्कृतिक बिभाग संयोजक प्रेम कुमार दगासेको अतिथ्यता रहेको थियोे । उपस्थित सदस्यहरुलाई नगर सदस्य विकाश मल्लले मन्तब्यबाट स्वागत गर्नु भएको थियो ।
सहभागी सबै साथीहरूले परिचय सहित आफ्ना भनाई राख्नु भएको थियो । नेपालबाट आउनु भएका साथीहरू कृष्णबम मल्ल, भिम बहादुर रायमाझी, प्रेम कुमार दगासले आफ्ना अनुभवहरू साझा गर्नु भयो ।
स्वदेशमा चलिरहेको राजनीति गतिविधिबारे बताउदै, देश भ्रष्टाचार र मंहगीको चपेटामा परेको नागरीकको अपेक्षा अनुरूपकोको शासन व्यवस्था नभएको हुदा जनतामा राजनैतिक प्रति विस्तृणा पैदा भएकोले प्रतिगामीहरू जनताको आन्दोलनको बलमा स्थापित गणतन्त्र विरूद्ध सडयन्त्र भैरहेको र नागरिकताबारे हाल संरकारले अपनाएको गलत निती एवं संघियताले देशको राष्टियता खतरामा भएको बताउनु भयो । भारतमा मूल प्रवाहले हर हमेशा राष्टियता जनतन्त्र र जनजिवीको पक्षमा जनचेतना फैलाउने र संगठित गर्दै आएको विषयलाई स्मरण गराउदै यो कार्यले निरंतरता दिने जिम्मेवारी नयाॅ साथीहरूको काधमा आएको बताउनु भयो ।















