मलेसिया नेपाली एकता समाजको बैठक सम्पन्न

विभिन्न रिक्त स्थानहरुमा पदपुर्ति

मलेसिया । मलेसियास्थित श्रमजिवी नेपालीहरुको समाजिक संगठन मलेसिया नेपाली एकता समाज बैठक सम्पन्न भएको छ । अध्यक्ष थम्मन बिसीको अध्यक्षता तथा वरिष्ठ सल्लाहकार गोबिन्द बिष्टको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।

सर्वप्रथम उपस्थित सम्पूर्ण सदस्यहरु बीच आ–आफ्नो परिचयबाट शुरु गरिएको सो बैठकमा आ–आफ्नो तर्फबाट सांगठनिक बिषयमा रिपोर्टिङ गरिएको थियो ।

बैठकमा मलेसियामा नेपाली श्रमिकहरुका समस्याहरु समाधानका लागि व्यापक छलफल गरिएको थियो । साथै समाजप्रति जिम्मेवार सदस्यहरुलाई रिक्त पदपुर्ती गरेको हामीलाई जानकारी प्राप्त भएको छ ।

अध्यक्ष थम्मन बिसिले मलेसियामा हुने विभिन्न खालका घटनाहरुको बिषयमा जानकारी गराउनु भएको थियो । सदस्य प्रेम शर्माले बिगतमा जस्तो नभै मलेसिया नेपाली एकता समाजलाई अझ सशक्त रुपले अगाडि लैजाने बिषयमा आफ्ना धारणा राख्नु भएको थियो ।

नयाँ निर्णय अनुसार अध्यक्ष– थम्मन बिसी, उपाध्यक्ष– बाबुराम भट्टराई, महासचिव– प्रेम शर्मा, सचिव– लाल बहादुर थापा, कोषाध्यक्ष– प्रेम कुमारी, सदस्यहरुमा क्रमशः हरिप्रसाद न्यौंपाने, हंसराज भण्डारी, रोहित जिसी, राममणी आचार्य, बिष्णु बञ्जाडे, चुमान सिंह रहनु भएको छ । त्यस्तै वरिष्ठ सल्लाहकार गोबिन्द बिष्ट, सल्लाहकारहरुमाः केशव खनाल र बाबुराम थापा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार