गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सहित २ दर्जनभन्दा बढि राजमोमा प्रबेश

टेकराज भुसाल
प्युठान । राष्ट्रिय जनमोर्चाले फागुन महिनाभर देशव्यापी रुपमा सञ्चालन गरेको संगठनात्मक अभियानको अन्तिम चरणमा थप तिव्रता पाएको छ ।

संगठनात्मक अभियानको शिलशिलामा फागुन २८ गते प्युठानको झिमरुक गाउँपालिका वाड नम्बर ७ मा गत स्थानीय निर्वाचनमा राप्रपाका तर्फबाट झिमरुक गाउँपालिका अध्यक्ष पदका उम्मेदवार नारायण बहादुर जिसी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय नेता गोविन्द बहादुर जिसीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समर्थक २ दर्जनभन्दा बढि नेता, कार्यकर्ता र समर्थक राजमोमा प्रवेश गरेका छन् ।

सहि अवसरमा नारायण बहादुर जिसीको अध्यक्षतामा बोहोरागाउ टोल समितिको गठन समेत गरिएको छ । जसको उपाध्यक्षमा हिमलाल रोका,सचिवमा गोविन्द बहादुर जिसी, कोषाध्यक्षमा गिता जिसी र सदस्यहरू बसन्ता जिसी (क), बसन्ता जिसी (ख),सीता परियार,विष्णा केसी र सल्लाहकार देबु गिरी,राजेन्द्र जिसी र बाटुला जिसी रहनु भएको छ । संगठनको आवश्यकता,सिद्धान्त,राजनीति बारे राजमो संगठन अभियानका खड्क बहादुर महतारा र नारायण जिसीले प्रशिक्षण दिनु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार