नारी तिमी महान् हौ

– रितु केसी

संसार बदल्ने ती तिम्रा सोंचाइ
समाजबदल्ने तीतिम्रा साहस
जञ्जिर तोडेर क्षितिजको लक्ष्य भेट्न जाने ती तिम्रा अठोट
यो समाजको परिबन्दनले
पर्दाभित्र दबाइ राख्दा पनि
फलामे सिक्री तोडेर
कुरीति फाल्न अगाडि बढ्ने
तिम्राअदम्य आँटहरु
तिमीलाई सलाम
तिमी सृजनाहौ
तिमी सृष्टि हौ
तिमी ममता हौ
तिमी साहस हौ
तिमी हिम्मत हौ
तिमी विद्रोह हौ
संविधानको एकथान लिखित अधिकार केही बुँदाहक
कागतमा सीमित स्वतन्त्रता
के हामीले खोजेको स्वतन्त्रता
यही मात्र हो त ?
समाजका कुसंस्कारलाई उखेल्न
उचो नीचो, छुवाछुत,
धनी गरीबको खाडल पुर्न अब त जाग्नै पर्छ
अब त सचेत हुनैपर्छ
अब त एकजुट हुनैपर्छ
किन कि
तिमी बिना कुनै सृजना हुन्न
तिमी बिना कुनै परिवर्तन हुन्न
तिमी बिना कुनै क्रान्ति हुन्न
तिमी नै परिवर्तनको वाहक हौ तिमी सबथोक हौ
तिमी महान् हौ नारी
तिमी क्रान्तिको ज्वाला हौ
तिमी सबथोक हौ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार