
धर्मराज शर्मा- कोट्टयाम, केरला
सुन्नुहोला दिदिबैनि सुन्नुहोला दाजुभाई,
नव बर्ष 2082 को तिजको स्वागत ।
ठुला ठुला भ्रष्टाचार हुन्छन हाम्रो देशमा,
बिधिको शासन छैन देशका नेतामा ।
देशको बिकाश भन्दामाथि भ्रष्टाचार मौलायो,
गरिखाने जनतालाई पर्नुपिर पर्यो ।
हाम्रो देशमा झारपात पलाउदै आएको छ,
भ्रम छर्दै जनतामा सदन पुगेको छ ।
मुल मर्म चिनेर खबरदारी गर्नुछ,
बिकासका कुरागर्दै जनता भुलाछ ।
हस्ताक्षेर अभियानले दिन्न हाम्लाई बिकास,
सहकारी बिषयमा गम्भिर बनांैल ।
ठूल्ठूला गफ गरि लोकप्रियता लिएर,
श्रमजिवी बर्गको हुन्न उद्वार ।
यूवा जति खाडीमुलुक र भारतको गल्लिमा,
पठाएको रेमिटेन्स उन्कै खल्तिमा ।
स्वदेश बिदेश युवाजति एकतामा जुट्नुछ,
देशको मुहार फेर्नलाई कम्मर कस्नुछ ।
आधा धर्ति आधा आकाश ओगटेका नारी हो,
मुक्तिकामि युद्वमा हातेमालो गर्नुपर्नेभो ।
भ्रष्टाचार विरूद्धमा जुटौं सबै मिलेर
तिजको शुभकामना अघि बढौ सबै मिलेर ।
















