सहि राजनैतिक दिशा बिना सामाजिक परिवर्तन सम्भव छैन – ठाकुर खनाल

नई दिल्ली 24 अगस्त 2025,

“सहि राजनैतिक दिशा बिना सामाजिक परिवर्तन सम्भव छैन” । यो भनाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समिति महिला विभागको आयोजनामा सम्पन्न तिजी कार्यक्रमको उद्घाटन गर्दै पूर्व अध्यक्ष तथा सल्लाहकार ठाकुर खनालको हो । अहिले धेरै भारतमा धेरै संगठनहरूले तिजी कार्यक्रम तथा अन्य सांस्कृतिक कार्यक्रमहरू गर्ने गरेका छन् । तर नेपालीहरूका समस्या भने उठाउन गर्ने गरेको पाईदैन । भारतमा नेपालीहरूका समस्याहरू झन झन जटिल बन्दै गईरहेका छन् । त्यस तर्फ उनीहरूको ध्यान गएको छैन । उनीहरूले मनोरंजनको नाममा नेपालीहरूमा विक्रीति पस्केकाछन् । उनीहरूले नेपाल जनतामा रहेको नेपाली कला संस्कृति प्रतिको आकर्षणलाई कैस गराई आफ्ना आकाक्षाहरू पुरा गर्ने प्रयास गरेकाछन् । कतिपय संगठनहरूका गलत राजनैतिक चिन्तनका कारण नेपाली जनता मूल समस्याहरू भन्दा पनि आफ्नो सत्ता स्वार्थको लागि काम गरेकाछन् । मूल प्रवाहले हर समेशा नेपालीहरूको हक हित सुरक्षाको सवालमा आवाज उठाई रहेको छ ।

वहाॅ सो तिजको शुभकामना दिदै अगाडी भन्नु भयो “तिजको नेपाली समाजमा प्रगतिशिल महत्व छ । पुरूषप्रधान समाजमा महिला अधिकारको लागि विद्रोहको प्रतिक हो । अहिले पनि नेपाली समाजमा लैगिक विभेद कायमै छ, महिलाहरू लैगिक हिंसाको सिकार भएकाछन्, छोरा छारीमा भेदभाव हुने गरेको छ, त्यसको साथै देशमा अराजकता, भ्रष्टाचार, वैदेशिक पलायल ठुलो समस्या बन्दै गई रहेको छ । जनताको आन्दोलनको बलमा स्थापित हक-अधिकार, गणतन्त्रलाई पुनरउस्थानवादीहरूले धर्मको आडमा समाप्त पार्ने कसरथ गरेका राष्ट्र विरोधी वयानबाजी गर्दा पनि नेपाली जनताले कडा प्रतिवाद गर्द नसक्नु शर्मनाक कुरा हो । नेपालीहरूले राजनैतिक विषयलाई गौण बनाएको छौ । तर सहि राजनैतिक दिशा बिना सामाजिक परिवर्तन सम्भव छैन । त्यसैले संगठनमात्र भनेर सहि राजनैतिक चेतना सहितको संगठन आवश्यक हुन्छ । त्यसैले भारत स्थित नेपालीहरूका समस्या समाधन एवं राष्ट्रियता, जनतन्त्र जनजिवीकाको लागि सहि संगठनमा आवद्ध भई संघर्ष गर्नको विल्कप छैन ।”

नई दिल्ली महिला बिभाग की संयोजक मायाॅ कुवरको अध्यक्षता र मन्जु रायमझीको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार ठाकुर खनाल, अन्य अतिथीहरूमा केन्द्रिय सदस्य क्षेत्रीय सचिव शिव केसी, सल्लाहकार बिन बहादुर कुवर, क्षेत्रीय सांस्कृतिक विभागका पहल सिंह परियार, महिला विभाग क्षेत्रीय संयोजनक लक्ष्मी खडायत, दक्षिण भारत क्षेत्रीय सदस्य परमानन्द खडायत, नगर अध्यक्ष दिनेश पंथी, सचिव विष्णु खनाल, उपाध्यक्ष युवक घर्ती, अखिल भारत नेपाली विद्यार्थी संघबाट ईसा केसी, समाजसेवी व्यक्तित्वहरू सेखर कुवर, विष्णु पाण्डे, खुम बहादुर, सुख बहादुर, दिल खत्री, कृष्ण शर्मा, विष्णु खनाल, विके कृष्ण, चन्द्र भुसाल, सरस्वती भुसालको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा शिव केसी, बिन बहादुर कुवर, पहल सिंह परियार, लक्ष्मी खडायत, दिनेश पंथी, विष्णु खनाल, युवक घर्ती लगायतले तिजको शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रममा सहभागी हेमा भण्डारीले सहभागी सबैलाई स्वागत गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार