हिसार मूल प्रवाहको तिजी कार्यक्रम सम्पन्न।

खिमराज चालिसे

चंडीगढ़, २६ अगस्त २०२५

मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको हिसारमा २०८२ सालको प्रगतिशील तिजी कार्यक्रम आज मंगलवार २६ अगस्त २०२५ को भव्य रूपमा सम्पन्न भएको छ। “प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागी संघर्ष गरौं ” भन्ने मूल नाराका साथ सम्पन्न सो समारोहको उदघाटन मूल प्रवाहका केन्द्रीय सदस्य एवं सुदुर पश्चिमोत्तर क्षेत्रिय अध्यक्ष तारा सोमरेले मैनबत्ती बालेर गर्नु भएको थियो।

समारोहमा मूल प्रवाह केन्द्रिय परिषद सदस्य केहर सिंह घर्ती मगर र नारायण बिक मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय सदस्यहरु बाबुराम पोख्रेल, ओम प्रकाश तिवारी ,सुरेश क्षेत्री र लाल बहादुर चुदाली, महिला क्षेत्रिय सदस्य सेती राना, सांस्कृतिक विभागको क्षेत्रका योगेन्द्र दर्लामी, बिद्यार्थी संघकि लक्ष्मी रास्कोटि र रामु शर्मा को आथित्यता रहेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार