राजिस्थानको राजधानी जयपुरमा मूल प्रवाहको तिजी कार्यक्रम सम्पन्न ।

जयपुर, 26 अगस्त 2025, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जयपुर उत्तर एवं दक्षिण नगर महिला विभागले संयुक्त तिजी कार्यक्रम सम्पन्न गरेको छ । २६ अगस्त २०२५ का दिन दुवै नगरका महिला विभागको संयुक्त आयोजनमा सो प्रगतिशील तिजी कार्यक्रम सम्पन्न भएको हो ।

दीपा थापाको सञ्चालनमा अघि बढेको सो कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय समितिका सदस्य मोहन गिरी हुनुहुन्थ्यो । उहाँले कार्यक्रममा सम्बोधन गर्दै “मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारतमा रहने नेपालीहरूको हकहित र अधिकारको लागि लड्ने संगठन मात्र नभएर देशको राष्ट्रिय अखण्डता माथि आँच आउँदा त्यसको रक्षार्थ बलिदानी दिन तयार रहेका सच्चा देशभक्त नेपालीहरूको संगठन भएको बताउनुभयो।”

कार्यक्रममा अर्का केन्द्रीय समिति सदस्य बेल बहादुर रजालीले “भारतमा सुगौली सन्धिपछी जमिनसहित भारतमा गाभिएका नेपालीहरू र १९५० को त्रिपक्षीय सन्धिअनुसार रोजगार अध्ययन व्यापार व्यवसायको सिलसिलामा रहेका नेपालीहरू गरी दुईथरीका नेपालीहरू रहेको प्रसङ्ग कोट्याउँदै सुगौली सन्धिले भूभागसहित भारतमा गाभिएका नेपालीहरू नेपाली भाषी भारतीय नागरिक भएकोले उनीहरूले बिना कुनै भेदभाव प्रत्येक भारतीय नागरिकले पाउनुपर्ने अधिकार पाउनुपर्ने बताउनुभयो भने १९५० को सन्धि अनुसार भारतमा बसोबास गर्दै आएका नेपालीहरूले १९५० को सन्धिले दिएको सम्पूर्ण अधिकार प्राप्त गर्नुपर्ने बताउनुभयो। सन्धिका सम्पूर्ण बुँदाहरू बिना कुनै भेदभाव लागू गर्नुपर्ने र यदि लागू गर्न नसके यो सन्धिमाथि पुनर्विचार गरीयोस र यसलाई खारेज गरी पञ्चशीलताको आधारमा नयाँ सन्धि हुनुपर्ने कुरामा पनि जोड दिनुभयो ।”

कार्यक्रममा केन्द्रीय प्रतिनिधि रिम राना, विद्यार्थी केन्द्रीय सदस्य साक्षी थापा, योग गुरु योगाचार्य ढाकाराम सापकोटा, पश्चिमोत्तर क्षेत्रीय उपाध्यक्ष ओम थापा, सदस्य टंक थापा, नारायण ज्ञवाली, पश्चिमोत्तर क्षेत्रीय महिला विभाग सदस्य माया थापा, कल्पना थापा, लक्ष्मी केसी, पश्चिमोत्तर क्षेत्रीय कलाकार विभाग सदस्य बाबुराम थापा आदि अतिथिहरुले पनि आसन ग्रहण गर्नु भएको थियो। कार्यक्रममा अध्यक्षता हुमा रजालीले तथा स्वागत मन्तव्य बीना थापाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार