बठिंडामा मूल प्रवाहको तिजी कार्यक्रम सम्पन्न ।

 खिमराज चालिसे चंडीगढ़,

मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रको बठिंडामा २०८२ सालको प्रगतिशील तिजी कार्यक्रम हिजो मंगलवार २६ अगस्त २०२५ को भव्य रूपमा सम्पन्न भएको छ। “प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागी संघर्ष गरौं ” भन्ने मूल नाराका साथ सम्पन्न सो समारोहमा प्रमुख अतिथि मूल प्रवाहका केन्द्रीय सदस्य नर बहादुर ओली हुनुहुन्थ्यो । समारोहमा नगर अध्यक्ष नारायण केसी, नगर सदस्य देवकि राना र महिला क्षेत्रिय सदस्य खिमा खड़काको आथित्यता रहेको थियो। तिजी कार्यक्रम माया ओलीको अध्यक्षतामा तथा गिरी मगरको संचालनमा सम्पन्न भएको थियो भने संगिता नेपाली र कलाकारहरुले स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार