रोहतकमा मूल प्रवाहको प्रगतिशील तीज भव्य रूपमा सम्पन्न

धर्म सुनार
रोहतक 26 अगस्त 2025
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतक अन्तर्गत महिला विभागको आयोजनामा प्रगतिशील तीज कार्यक्रम सम्पन्न भएको छ।
महिला विभाग संयोजक अनिता परियारको अध्यक्षता र उषा बिकको संचालनमा सुरु भएको कार्यक्रममा पश्चिम उत्तर क्षेत्रीय सदस्य एवं नगर अध्यक्ष सुभाष गौतमले प्रमुख आतिथ्यता गर्नुभएको थियो।

ज्ञात-अज्ञात शहीदहरूको सम्झनामा एक मिनेट मौनधारण गरेपछि उपस्थित जनसमुदायहरूलाई आयेजक समितिको तर्फबाट कमला बोहराले मन्तव्यद्वारा स्वागत गर्नु भयो । प्रमुख अतिथी सुभाष गौतमले आफ्नो उद्घाटन मन्तब्यमा “दिनकै महिलाहरु माथी घटेका घटनाहरूलाई न्युनिकरण गर्न महिलाहरु जागरुक भएर समाज संगठनमा आबद्ध हुनुपर्ने आवश्यकता छ भन्नु भयो।”

कार्यक्रममा बलबहादुर बिक, ओमनाथ भट्टराई, हेमन्त भुसाल, विक्की परियार, धर्म सुनारले पनि शुभकामना मन्तब्य दिनुभएको थियो। विभिन्न रंगमा रंगिएका महिला दिदीबहिनीहरु दिन भरी तिजका गीत र नृत्य प्रस्तुत गरी रमाइलो तीज कार्यक्रम मनाईएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार