किसान संगठन अभियान भदौमा

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) को किसान सङ्गठन अभियान आगामी २०७७ भदौमा हुने भएको छ । विभिन्न व्यावहारिक कारण र राजमोको विशेष सङ्गठनात्मक अभियान चैत्र महिनासम्म निरन्तर चल्ने भएपछि चैत्र महिनाभरि हुने भनिएको उक्त कार्यक्रम स्थानान्तरण भएको हो ।

२०७६ चैत्र २ गते किसान महासङ्घका अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा जारी प्रेस विज्ञप्तीमा सो जानकारी दिइएको छ । कोरोना भाइरसको सङ्क्रमणबारे सचेत हुन सरकारसित गरिएको आग्रह र किसान आन्दोलनको थप कार्यक्रमबारे समेत उल्लेख गरिएको सो विज्ञप्तीमा अगाडि भनिएको छ– “अखिल नेपाल किसान महासङ्घ (अप्फा) केन्द्रीय सचिवालयको बैठक अध्यक्ष भैरवराज रेगमीको अध्यक्षतामा बसी विभिन्न निर्णयलाई विज्ञप्तीमार्फत् सार्वजनिक गरिएको छ ।

१. चैत्र १ गतेदेखि किसान सङ्गठन अभियान सञ्चालन गर्ने निर्णय गरिएकोमा विभिनन व्यावहारिक कारण र राजमोको सङ्गठन अभियान चैत्र महिनासम्म निरन्तर चल्ने भएकाले यसलाई सहयोग गर्दै किसान सङ्गठनको अभियान २०७७ भाद्र महिनामा सार्ने निर्णय गरिएको छ । २०७७ साउन महिनामा त्यस अभियानको आवश्यक तयारीमा लाग्ने र २०७७ भाद्र १ गतेदेखि नै एक महिनासम्म अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ ।

२. चार किसान सङ्गठनद्वारा मागपत्र तयार गरी आन्दोलनमा जाने समझदारीअनुसार अन्य थप किसान सङ्गठनलाई सामेल गरेर अन्तिम रूप दिई आन्दोलनको तयारी गर्ने निर्णय भएको छ ।

३. कोरोना भाइरसको सम्भावित खतरा विरुद्व सरकाले चालेको कदम प्रभावकारी हुन नसकेकोप्रति आलोचना गर्दै यसलाई गम्भीर रूपमा लिई प्रभावकारी रूपमा कदम चाल्न बैठकले माग गर्दछ । यसको बहानामा कृतिम अभाव सिर्जना गर्न, जनताको दैनिक उपभोग्य वस्तुको अभाव सृजना गर्ने तत्वलाई कडा कारबाही गर्ने र आपूर्ति व्यवस्थालाई प्रभावकारी रूपमा सञ्चालन गर्न माग गर्दछ । यस सिलसिलामा चार किसान सङ्गठनको वक्तव्यमार्फत सरकार सचेत हुन गराइएको ध्यानाकर्षणलाई बैठकले अनुमोदन गरेको छ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार