
फरिदाबाद, (दिल्ली एनसिआर) 24 अक्टुबर 2025,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरिदाबाद नगर समितिका कार्यकर्ता मनिराम थापाको स्वदेशमा निधन भएको छ । वहाँको निधन प्रति फरिदाबाद नगर समितिका अध्यक्ष विष्णु विसीले एक बक्तव्य जारी गर्दै श्रद्धान्जली प्रकट गर्नु भएको छ ।
वक्तव्यमा भनिएको छ । “मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, फरीदाबाद नगर समितिका सक्रिय र इमानदार नगर सदस्य स्व. मनिराम थापा जीको असामयिक निधनले सम्पूर्ण नेपाली समाज शोकाकुल बनेको छ।
दशैं-तिहार मनाउन स्वदेश गएका क्रममा अचानक अस्वस्थ भई उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा 2082 साल कार्तिक 5 गते’ उहाँको निधन भएको दुःखद् समाचारले हामी सबैलाई स्तब्ध बनाएको छ। स्व. थापा जी एक मिलनसार, सहयोगी र समाजसेवी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले श्रीमती,एक छोरा र एक छोरी सहितको परिवारलाई छोडेर जानु भएको छ।
यस दुरूखद् घडीमा हामी मुल प्रवाह अखिल भारत नेपाली एकता समाज, फरीदाबाद नगर समितिका तर्फबाट स्व. थापा जीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं।”
















