गजल : पाखे भन्छन

राम गैरे पाल्पाली

यथार्थ कुरा गर्दा पनि पाखे भन्छन
याहा चेतना छर्दा पनि पाखे भन्छन

रुढीवादी समाजकै चहल पहल
जन हितमा लर्दा पनि पाखे भन्छन

कसरी बनु म उनको कटपुतली
आफ्नै बाटो झर्दा पनि पाखे भन्छन

वर्ग मुक्ति मार्ग मेरो रुक्दैन कदम
यो बाटो भर पर्दा पनि पाखे भन्छन

मैले खोज्दै छु गरी खानेको बिहान
श्रम ले पेट भर्दा पनि पाखे भन्छन

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार