गजल : उज्यालो खोज्दा

सुरेशकुमार पाण्डे

उज्यालो खोज्दै जाँदा अँध्यारो रात भेटाएँ,
परदेशमा पनि बिभिन्न भाषा जात भेटाएँ ।

जुवा, रक्सि, सत्ता, मट्टका लाटरीको भर मार,
मान्छे छाडा संस्कार भित्रकै ओकात भेटाएँ ।

धनीलाई धनकै अहेँकार त छदै थियो यहाँ,
गरिब झनै अल्लपत्र मदिरामा मात भेटाएँ ।

प्रिथक बस्नु भन्दा एकतामै शुरक्षित हुन्छौँ,
यहि शंदेश बोकेको एकताको हात भेटाएँ ।

बिस्तारै छाड्दै गयौं, छुवाछुत र बल्यो भयो,
यही भित्रनै न्यायप्रेमिका मिठो बात भेटाएँ ।

दिनौ दिन अत्याचारको बिरोध गर्दै बितायौँ,
समाजमा समस्याहरुका खातैखात भेटाएँ ।
२३ मार्च २०२०

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार