आफु बचौँ र आरुलाई पनि बचाऔं

  • सुरेशकुमार पाण्डे

आज पुरै दुनियाँमा सन्त्रास छाएको छ । भन्निन्छ संसारका १९५ देशहरुमा यो फैलिएको छ । यो नोवेल कोरोना भाइरस नामको संक्रमणले संसार भरिका देशहरुलाई चुनौति दिएकोछ । अहिलेसम्म यसको रोकथामको लागि नै सबै भन्दा पहिलो प्राथमिकता भएको छ । यो परिस्थितिमा यो महामारिबाट आफु जोगिन र अरुलाई पनि जोगाउँन एकमात्र उपाया मानिसहरु एकलिएर बस्नु सिवाय अर्को बिकलप नदेखे पछि सरकारले “लाँक डाउन” गर्ने निर्णय गरेका छन् । यो भारत– नेपालमा मात्र नभएर संसारका कयौँ देशहरुले यहि पद्दति अपनाएको देखिन्छ । तर कैयौँ मानिसहरुले यो सरकारबाट जे जति यो बिमारीलाई फैलिनबाट रोक्न गरेका उपायाहरुलाई सहयोग समर्थन गर्नुको सट्टा उल्टै त्यो निर्देशनको अपहेलना गर्ने गरेको पनि देखिन्छ ।

यति बेला जनताले लाकडाउनमा अबरोध खडा गर्दा कसलाई फाइदा हुन्छ ? निश्चित रुपमा सबैलाई नोक्सान हुन्छ, जसलाई कुनै पनि हालतमा सहि भन्न सकिंदैन । कैयौँले यो भयानक संक्रमित बिमारीलाई मजाकको रुपमा लिने गरेको देखिन्छ, साथै कैयौँले मिडियाहरुमा कतै कामेर कतै ढेंग्रो ठटाएर, कतै चल्ला र पाठा कवुलेर तमासा गरेको देखिन्छ । यसो गर्दा उनीहरुले स्वयम् आफ्नै उपहास गरेका हुन्छन् । कैयौँले डाक्टर र बैज्ञानिक असफल भएको भन्दै उनीहरुको ब्याङ्ग गर्दै उडाएका पनि छन् । जसले दिन रात जनताको हितमा यो महामारीबाट बच्ने औषधीको खोजबिन गरिरहेका छन्, उनीहरुको हौशला बढाउनुको साटो यसैमा पनि राजनीति गर्ने दुसशहासको कोशिस पनि गरिएको छ ।

यद्यपी संसारभरिका डाक्टर, बैज्ञानिकहरुले आफ्नो भविष्यको चिन्ता नगरि यो संघर्षमा होमिएका छन् । डाक्टर, बैज्ञानिकहरुले यो महामारीको रोकथाम वा उपचारको लागि लगातार संघर्ष गरि रहेका छन् । उनीहरुले काफि हदसम्म यसलाई रोक्न कताकति सफलता पनि प्राप्त गरेका छन् । केहि दिन जनताले साथ दिने हो भने अबश्य पनि विजय हात लाग्ने बताइन्छ । तर कतै पनि अहिले यो आपतमा धार्मिक ठेकेदारहरुले कुनै प्रयात्न गर्नुको साटो आ–आफ्नो धार्मिक स्थानलाई बन्द गरेर भगवानको चरणमा लिन भएको जस्तो छाटकाट देखिन्छ । उनीहरुले आ–आफ्नै कर्मक्षेत्रमा अशुरक्षित महेशुर्ष गरेको प्रष्ट देख्न सकिन्छ । तर वास्तबमा आज उनीहरुले पनि बिज्ञानको शरणमा घुँडा टेकेको अबस्था छ । वास्तबमा यो महामारीको ईलाज बैज्ञानिक पद्धतिद्वारा नै सम्भव छ । कुनै पनि ब्यक्ति अन्धविश्वासमा नफस्न र समाजलाई नोक्सान हुनेकाम नगर्न अनुरोध गर्दछौँ ।

यो (Corona Virus) कोरोना भाईरसबाट भारतमा अहिले सम्म ८४३ जना संक्रमित, २१ जनाको मृत्यू भएको पुष्टि गरेको छ भने, ७३ जना ठिक भएका छन् भनिएको छ । दुनियाँ भरिमा २५ हजार भन्दा अधिक मानिसहरुको ज्यान कोरोनाले लिइ सकेको बताईन्छ । सबै भन्दा बढि युरोपमा नोक्सान भएको समाचार छ ।

भारतमा कोरोना भाइरसको प्रकोप (Corona virus Outbreak) सँग लड्नलाई डाक्टरहरु खोजमा छन् । सरकारद्वारा रिटायर्ड डाक्टरहरुलाई पनि वालैन्टिएरको रुपमा सहयोग गर्न अनुरोध र आवहान गरिएको छ । अहिले भारत नेपाल लगायतका देशहरुसँग चीनको अनुभव संकलन छ । जसले गर्दा पनि यो रोगलाई रोक्न ठुलो मौका मिलेको छ । भारतले आफ्ना नागरिकहरुलाई बिभिन्न देशबाट पहिले नै डाकिसकेको पनि छ र जुनजुन ठाउँमा भारतीय नागरिकहरु छन् त्यहाँबाट उनीहरु लगातार खबर लिने गरेको छ । लाँकडाउन गर्ने भन्दा पहिले उसले आफ्ना नागरिकहरुलाई जहाँ जुन रुपमा रहेका छन्, अब करिब तिन हप्ताको लागि त्यहिँ बस्न अनुरोध गरेको छ । त्यस्तै स्वीटजेरलैण्ड (Switzerland)मा फसेका १५ जना नागरिकहरुले ज्युरिख (Zorick) बाट (Indian Government) लाई आफुलाई निकाल्न अनुरोध गरेका छन् । तर पनि भारतले सबै नागरिकहरुलाई अहिले जहाँ र जुन हालतमा छौँ त्यहिँ रहन अनुरोध गरेको छ । सवाल शुरक्षाको हो रोगलाई फैलिनबाट बचाउँन, यो लाक डाउन गरिएको हो ।

यो लाँकडाउन एक प्रकारको जन कर्फू नै हो । सबै आबश्यक सुबिधाहरु उपलब्ध राखेर जनतालाई एक आर्काबाट टाडा राखेर बिमारीलाई जहाँ छ त्यहिँ रोक्ने र उसको उपचार गर्न प्रयत्न गर्ने, सरकारको दाबा छ । रबिवार पछि ६०% को फाइदा भएको पनि बताएको छ ।

नेपालको सरकारले अलि पहिले यो पाइला चाल्नु पर्नेमा केहि दिन लाप्रबाही गरेकै थियो । उसको यो ब्यबहारले भारत तथा अन्य मुलुकहरुबाट भारत भएर नेपाल जानेहरुमा समस्या देखियो । त्यो मात्रै होइन अहिले पनि नेपालीहरु दिल्लीको आनन्द बिहारको वरपर अलपत्र अबस्थामा रहेको मिडियाहरुले बताएका छन् । नेपाल सरकारले उनीहरुको कुनैन कुनै प्रकारको उद्धार गर्नु पर्ने हो तर उसले त्यस तर्फ कुनै ध्यायन दिएको देखिदैन ।

कोरोना भाइरस चीनबाट १० दिसम्बर २०१९ मा एउटा माछाका ब्यापारी ५७ बर्षिय मिकु जियनले आफुलाई रुघा खोकि र जोरो आएपछि अस्पताल आफ्नो उपचार गराउँन जान्छिन् तर उनलाई औषधिले फरक पर्दैन र उनी आफ्नै पसलमा बिहोस भएर ढलेछिन् । त्यसपछि यो रोगको बारेमा लैबमा जाच्नको लागि पठाइन्छ । यो दौरानमा करिब ४० जना संक्रमिक भै सकेका थिए ।

चीनको बुहानले यो अज्ञात रोगको पत्ता लगाउँन विश्व स्वास्थ्य संघलाई सुचना गरेका थिए । ७ जनवरी २०२० मा विश्व स्वास्थ्य संघले यो अज्ञात रोगलाई पत्ता लगाएर उसैले यो नयाँ रोगको नाम 2019 cove अर्थात (2019 Novel Corona Virus) नामकरण गरेका थिए । यसरी यो चीनमा ब्यापक फैलिए पछि २०२० मा ईटलीको रोममा बुहानबाट घुम्न आएका एकजना प्रयाबेटक चैक जोकमा पहिलो पटक (Covid-19) पोजेटिभ देखिएको थियो । यस्तै गरि भारतमा २०२० मार्च १ मा दुबैबाट मुम्बै आएका पाँच जना भारतीय नागरिक (Covid-19) पोजेटिभ पाइएको थियो । जो भारतको पहिलो केस थियो ।

नेपालमा २४ जनवरी २०२० कोरियाबाट आएका एउटा युवक (Covid-19) पोजेटिभ भेटिएका थिए, जो नेपालको पहिलो केस थियो । पछि २३ मार्च २०२० मा फ्रान्सबाट आएकी एउटी विद्यार्थी पुन : देखिएको र उपचार भैरहेको छ ।

शुरुशुरुमा जब यो नयाँ रोगबाट चीन पिढित थियो त्यो बेला सबै देशहरुले सहयोग गरेर चीनलाई हौशला बढाउँनुको साटो त्यसको उपहास गरे, जसको परिणाम त्यो रोगले विश्वब्यापी रुपमा भयानक बन्दै गयो । यदि त्यो बेला चीनको मजाक उडाउने, माओको मुखमा मास लगाएर खिल्लि उडाउने गर्नुको साटो सबैले त्यो अज्ञात बिमारीको बारेमा पत्ता लगाउँने र चीनलाई मद्त गरेको भए, आज परिस्थिति आर्कै हुने थियो । त्यो रोग चीनबाट छचल्किएर विश्व ब्यापी हुँने सम्भावना कम हुने थियो र यति मानविय क्षेती हुने थिएन ।

अमेरिकन साम्राज्यावादी र त्यसका पिछलग्गुहरुको ब्यबहारले यो ठुलो संकट आइलागेको भन्न सकिने प्रसस्तै प्रमाणहरु छन् । जसको ब्यबहारले अमेरिकि साम्राज्यावादको नियति माथि प्रश्न चिन्ह खडा गरेको छ । अहिले अमेरिका स्वयम् यो कोरोना भाइरसको गम्भिर भुमोरिमा फसेको छ ।

यो संक्रमण महामारी यति छिट्टै फलिएको छ कि सेकेन सेकेनमा उथल पुथल ल्याएको छ । संसारभरि ब्यापक फैलिदै गएको यो रोगलाई रोक्न फिलहालका लागि आ–आफ्ना सबै समस्याहरुलाई थाति राखेर लाँकडाउनको यो अवधिमा घर भित्रै रहनुको विकल्प छैन । यो समस्या सरकारको मात्रै होइन यो तपाई, हामी तथा सम्पूर्ण मानव जातिको समस्या हो ।

हामीलाई थाहा छ, हामी प्रदेशमा बसेका नेपालीहरुका धेरै समस्याहरु छन्, तर पनि अहिले आफु बसेको ठाउँ मै बसेर आफू पनि सुरक्षित हौं । यसरी नै हामीले सिंगो मानव समाज, देश, तथा सरकारलाई सहयोग पुराने छौं । फिलहालको लागि यो नै हामी सबैको कर्तब्य हो ।

२६ मार्च २०२०, गुडगाव

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार