विध्वंसकारी कोरोना

रेशमी पुन मगर

तँ पक्का विध्वंसकारी रहेछस् ।
कोरोना तँ पक्का विध्वंसकारी रहेछस् ।
वुहानबाट जीवनको तेरो यात्रा शुरु
तँलाई निष्पक्षपाती भन्ने कि
विध्वंसकारी भन्ने हँ ?
हैन तँ सुविधा भोगी पो होला ?
शुरुमा जहाजबाट देश विदेश यात्रा गरिस्
जब तेरो वुहानमा हार हुन थाल्यो
सुविधा भोगी युरोपलाई मर्काइस्
मै हुँ भन्ने अमेरिकालाई नै थर्काइस्
जो तेरो नजरमा पर्यो, त्यही हार्यो
तेरो हल्लाले नै कैयौंले ज्यान गुमाएका छन्
तेरो आहाटले नै कैयौंले मुटू थर्काएका छन्
कोरोना तँ पक्का विध्वंसकारी रहेछस् ।

तैले युवान वालालाई मात्रै हैन
दिनारलाई छोडिनस्
पेसोलाई छोडिनस्
कुनै डलरलाई छोडिनस्
टाकालाई छोडिनस्
रुबललाई छोडिनस्
रियललाई छोडिनस्
रिंगिटलाई छोडिनस्
लेवलाई छोडिनस्
क्याटलाई छोडिनस्
रिइललाई छोडिनस्
कोलोनलाई छोडिनस्
कोरोनेलाई छोडिनस्
युरोलाई त झन् तासको पत्ता झैं उडाइस्
पाउण्डलाई छोडिनस्
फोरिन्टलाई छोडिनस्
क्रोनालाई छोडिनस्
रुपिहलाई छोडिनस्
सेकेललाई छोडिनस्
यनलाई छोडिनस्
टेन्जेलाई छोडिनस्
सिलिङलाई छोडिनस्
किप लकलाई छोडिनस्
पटका मोपलाई छोडिनस्
दिरहमलाई छोडिनस्
क्वाचालाई छोडिनस्
फ्रेन्चलाई छोडिनस्
यहाँसम्मकी पाउण्ड स्टार्लिङलाई छोडिनस्
अब सुस्त सुस्त रुपये र रुपियाँमाथि
तेरो कुदृष्टि बढ्दैछ ।
तँ सुविधा भोगी कोरोना
कोरोना तँ पक्का विध्वंसकारी रहेछस् ।

पहिला तँ हवाइ जहाजबाट यात्रा गर्थिस्
धनी, ठूला देशका मानिसहरुलाई समाउथिस्
अब तैले मझौला र गरिब
सर्वहारा र लमपट
सबैलाई सोहोरा पार्न थालिस् ।
कसैलाई तैले छोड्ने भइनस्
शुरुमा त वाला र बुढा तेरा शिकार
अब त सबैलाई सोहोर्न थालिस्
एउटा मात्रै,
आफ्नै हाथ त होनी, भनि खानेलाई
साबुनले हाथ धुन सिकाउने भइस् है
ह्यण्ड सेटेटाइजर भन्न नजानेर
ह्यण्ड टाइजर भन्न भापनि सिकाइस् है
सबैलाई मास्क लगाउन सिकाइस्् ।
तर
तँ पक्का विध्वंसकारी रहेछस् ।
कोरोना तँ पक्का विध्वंसकारी रहेछस् ।

कतिले जागिरबाट हाथ धोएका छन्
कति गास् बास विहिन भएका छन्
कति त भोकमरीले ज्यान गुमाउने भएका छन्
कति त हजारौं मिल पैदल यात्रा गर्दैछन्
कतिले परिवार, त कतिले आफन्त
गुमाउदासम्म आँशु बगाउन नपाउँदा
लाग्छ, मर्न पनि मानिसलाई फुर्सद छैन
जहाँ तही हाहाकार मचिएको छ
भोको पेटनै किन नहोस्
आफ्नो जन्म भूमि पुग्ने होठ मचिएको छ
तँ पक्का विध्वंसकारी रहेछस् ।
कोरोना तँ पक्का विध्वंसकारी रहेछस् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार