रेग्मीद्वारा पचास जनालाई रिचार्ज सहयोग

सुरत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत सचिन नगर समितिका सचिव बिन बहादुर रेग्मीले कोरोना महामारीको समयमा समस्यामा परेका ५० जनालाई रु. सयका दरले रिचार्ज गरि सहयोग गर्नु भएको छ ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका भिङ्ग्री घर भै हाल भारतको सुरतमा खुद्रा व्यापार तथा मनिट्रान्सफर सेवा सञ्चालन गर्दै आउनुभएका रेग्मीले समस्यामा परेका ५० नेपालीहरुको मोबाइल रिचार्ज गरि दिनुभएको हो ।

उहाँले आफ्नो फेसबुक वालमार्फत मोबाइल नम्बर मागेर अनलाइन सिस्टमबाट मोबाइल रिचार्ज गरि दिनुभएको हो । लकडाउनका कारण घरभित्रै बस्नु परेको र फोन गर्न र इन्टरनेट चलाउन रिचार्ज समेत गर्न नसकेको अवस्थामा सहयोग गरेर रेग्मीले उदाहरण प्रस्तुत गर्नुभएको छ ।

नेपालमा सर्वसाधारणको लागि निजि अस्पतालले सामान्य ज्वरो आएका वा रुघाखोकी लागेका बिरामीहरुलाई गेटबाट नै फिर्ता गरिरहेको बेला विदेशबाटै भए पनि उहाँले गरेको सहयोगले मानवीय भावना अझै जीवित छ भन्ने देखाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार