मानिस फेला परेको सुचना 

भून्तर । हिमाचल प्रशासनले अलपत्र अवस्थामा अन्दाजी ३० वर्षका एक नेपाली युवक मानसिक संतुलन गुमाएको अवस्थामा फेलापरेको छ । प्रशासनले उनलाई हिमाचल प्रदेशको मडी जिल्ला अन्तर्गत बालीचौकी स्थित सडक र गल्ली गल्लीमा घुमिरहेको अवस्थामा फेलापारेको स्थानीय पुलिसले जानकारी दिएको हो ।
बालीचौकी पुलिस चौकीले कुल्लु जिल्लाको सैंज पुलिस थानालाई र सैंज पुलिस थाना प्रशासनले उक्त मानसिक संतुलन गुमाएका ब्यक्तीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज एरिया समिति सैंजका अध्यक्ष करसांग लामा, राधिका लामा लगायत अन्य कार्यकर्ताको उपस्थितिमा हस्तांतरण गरेको छ । आफ्नो नाम समिर लामा भन्न सक्ने निज व्यक्तिलाई फेसबुक, व्हाटसप चलाउनु हुने जो कसै महानुभावहरु चिन्नु हुन्छ भने कारसांग लामा 9805309259, कन्हैया चौधरी 8679170770 र विशाल बुढाथोकीको 9805190691  मा सम्पर्क गर्नु होला ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार