कठिन परिस्थितिमा पनि सक्दो उद्दार

हिसार । अहिलेको विश्वभरि नै मानव जातिलाई चुनौतीपूर्ण बनेको कोरोना भाईरसले जनजिवन अस्थ व्यस्त भएको छ र सामन्य बिमारी हुदा पनि मानिसहरु कोरोनाको डरले नजिक पर्दैनन् यो अहिले यथार्थ हो ।

यस्तो जोखिमपुर्ण समयमा पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसारका जुझारु कार्यकर्ताहरुले मानवीय कर्तव्यलाई अगाडि राख्दै २५ मार्च २०२० देखि बिमार भई कार्य गर्ने मालिकहरुद्धारा उपचारको लागि सहयोग नपुर्याएको हँुदा घरेलु कार्य गर्दै आफ्नो र बच्चाहरुको जिविका आर्जन गर्दै आएकी कृष्णा परियारले मूल प्रवाह नगर समिति हिसारमा आफ्नो पीडा जाहेर गरेकी थिईन् ।
बिगत ७ महिनादेखि घरेलु कार्य गर्दै आफ्नो र बच्चाहरुको जिविका आर्जन गर्दै आएकी कृष्णा परियार, नेपाल मन्द्रे सुवर्णखाल, अर्घाखाँची घर हाल हरियाणा हिसारमा बसोबास गर्दै आएकी छिन् ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसारका कार्यकर्ताहरुले बिषयलाई गहिराइमा गई बुझ्दा मालिकहरुद्धारा होस्पिटल लिएर नगएको पुष्टि भएपछि उपचार गरि जबसम्म महिलाको पुर्णतः स्वास्थ ठिक हुँदैन तबसम्म खान, बस्नको व्यवस्था सहित उपचार खर्च दिनेगरि घर मालिकलाई सहमत गराएको सिटि एरिया ए का सदस्य प्रेम थापा सहितको टोलीले जनाएको छ । टोलीमा नगर महिला बिभागका महिला कार्यकर्ता, नगर सदस्य नारायण बिक, नारायण न्यौंपाने हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार