कठिन परिस्थितिमा श्याम राईको दाहसंस्कार गरियो

करनाल । कोरोना भाइरसको महामारीका कारणले भारत सरकारद्वारा गरिएको २१ दिने तालाबन्दीको कठिन परिस्थित बीच श्याम राईको दाहासंस्कार गरिएको छ । २८ मार्चका दिन पुलीस ठाना सफिदो हरियाणाले लावारी अवस्थामा फेला पारेको श्याम राई शव मूल प्रवाह अखिल भारत नेपाली एकता समाज करनाल नगर समितिले दाहासंस्कार गरेको हो ।

मूल प्रवाहले मृतक श्याम राईको आफन्तजनको पत्ता लगाउँदा लोकचन्द्र राई अग्नीसाइर कृष्णासवरन गाउँपालिका वार्डनं. ६ साविक बकधुवा गाविस वार्ड नं. ७, इलाका प्रहरी कार्यालय (ठाना) मौली, जिला सप्तरी नेपाल रहेको जानकारी प्राप्त भएको थियो । श्याम राईको खोल्टीमा रहेको कागजमा उल्लेखि मोबाइल नम्बरहरुमा सम्पर्क गर्दा उनको आफन्तजनसँग सम्पर्क हुन पुगेको थियो ।

कोरोना भाइरसको महामारीका कारण नेपाल–भारत दुबै देशका सरकारहरुद्वारा घोषणा गरिएको तालाबन्दीका कारण श्यामका घर परिवार उपस्थित हुन नसक्दा उनका छिमेकी अमर कोइरालाको रोबरमा दाहसंस्कार गरिएको हो ।

राईको ३१ मार्च २०२० को करनालको माडलटाउन स्थित समसान घाटमा दाहसंस्कार गरिएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिका उपाध्यक्ष विक्रम सिंह राणाको नेतृत्वमा नगर समितिका कार्यकर्ताहरु र छिमेकी अमर कोइरालाको रोहबरमा सो दाहसंस्कारका दौरानमा उपस्थित हुनुहुन्थ्यो ।

स्थानीय प्रशासनले मृतक श्याम राईको पोष्टमार्टम पश्चात शव मूल प्रवाह अखिल भारत नेपाली एकता समाज करनाल नगर समिलिलाई हस्तान्तरण गरेको थियो । प्रशासनले राईको मृत्यु सडक दुर्घटनामा भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार