मूल प्रवाहद्वारा श्रीगंगानगरमा राहत वितरण

श्रीगंगानगर । यति वेला वैश्विक महामारी कोरोना भाइरसबाट बच्न मानव जातिलाई अत्यन्तै कठिक परिस्थिति छ । भारतमा पनि यो संक्रमण बढदो रुपमा फैलिन थालेको छ । भारत सरकारद्वारा २१ दिने लकडाउनको घोषणा भएको छ, यो निर्विकल्प भएको स्वास्थ्य विज्ञहरुको भनाई छ ।

तर लकडाउनको कारणले कैयौं श्रमजिवीहरू बीच बाटोमा अलपत्र परेका छन् भने कैयौं होटेल मजदुरहरु, असंगठित क्षेत्र, गैरपंजीकृत श्रमिक एवं दैनिक ज्यालादारी मजदुरहरु गास÷बासको अभावका कारण अत्यन्तै कठिनाई उत्पन्न भइरहेको अवस्था छ ।

लकडाउनको यो अवधिमा मानवीय भावनात्मक सम्बन्ध राख्दै खान, बस्न समस्या भोगी रहेकाहरु नेपाली श्रमिकहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिको पहलमा, स्थानीय व्यापारी तथा समाजसेवी सुनिल अग्रवालको सहयोगमा खाद्यान्न वितरण गरिएको छ ।

सो राहत श्रीगंगानगर अन्तर्गत रहेको सेतीया फारम, पुरानी आवादी, सिटी, जवाहरनगर एरियामा वितरण गरिएको हो । करिब ५० जना नेपाली श्रमिकहरुले सो राहत पाएका छन् । राहत वितरणको सन्दर्भमा त्रिभुवन भट्टराई र नगर समितिका जिम्मेवार कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार