स्टेशनहरुमा ओइरो लाग्नबाट बचौं : पौडेल

हैदरावाद । आम सर्वसाधरणदेखि उपल्लो तहका गन्यमान्य व्यक्तित्वहरुले आफ्नो स्वास्थ्यका बारेमा गम्भीर भएमा मात्रै बिनाशकारी कोरोना विरुद्ध मानब जातिले बिजय हासिल गर्न सक्ने मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिले जनाएको छ । क्षेत्रीय समितिको सचिवालयको ७ अप्रेलका दिन अनलाईनबाट बसेको बैठकले सो ठहर गरेको समितिका अध्यक्ष रामप्रसाद पौडेलद्वारा जारि विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा पौडेलले– “नेपाल सरकार, भारत सरकार तथा हाम्रो संगठनले पनि जारी गरेको निर्देशन र डाक्टरहरुले दिंदै आएको सल्लाहलाई नियमित रूपमा आत्मसात गर्दै पालना गरेमा मात्र बिनाशकारी कोरोना विरुद्ध मानब जातिले बिजय हासिल गर्न सक्ने छौं” भन्नु भएको छ । ८ अप्रेल बुधबारका दिन जारि विज्ञप्तीमा पौडेलले लकडाउन खुल्ना साथ नेपाल जान ठुलो संख्यामा रेल स्टेशनहरुमा ओइरो लाग्ने सम्भावना पनि तिब्र रूपमा देखिएको र त्यसरी आत्तिएर हामीहरु पलायन हुन भिड लगायौं भने आफैमा आत्मघाती त हो नै यसका साथमा यो तरिकाले आम रूपमा घातक गर्ने कुराप्रति सम्पूर्ण भारत प्रवासमा रहने श्रमजिवीहरुलाई सचेत हुन अनुरोध गर्नु भएको छ ।

प्रेस बिज्ञप्तीको पुर्ण पाठः

“मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिको सचिबालयको अनलाईन बैठक समितिका अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षता र केन्द्रीय सचीव ठाकुर खनालको विशेष उपस्थिति साथै यस क्षेत्रभित्रका केन्द्रीय सदस्यहरु र यस क्षेत्र भित्रका विभिन्न नगर अध्यक्षहरुको सहभागीतामा ७ अप्रेल २०२० का दिन बस्यो । बैठकले विभिन्न समसामयिक बिषयमा निर्णय गर्नुका साथै अहिलेको विश्वब्यापी रूपमा बिकराल रुप लिइरहेको कोरोना भाइरस (अयखष्म(ज्ञढ)ले यस क्षेत्रभित्र पारिरहेको असर र आम नेपाली दाजु भाई तथा दिदि बहिनीलाई पर्न गइरहेको असहज परिस्थितिलाई गम्भीर रूपमा लिएको छ ।

अहिले लकडाउनको अबधी भित्रै पनि कतिपय स्थानबाट नेपालीहरु पैदल यात्रा गरि नेपाल जान निस्केको, कतिपय नेपालीहरु लकडाउन खुल्ना साथ नेपाल जान ठुलो संख्यामा रेल स्टेशनहरुमा ओइरो लाग्ने सम्भावना पनि तिब्र रूपमा देखिएको छ । यद्यपि त्यसरी आत्तिएर हामीहरु पलायन हुन भिड लगायौं भने आफैमा आत्मघाती त हो नै यसका साथमा यो तरिकाले आम रूपमा घातक गर्ने कुराप्रति सचेत हुन जरुरी छ । नेपाल सरकार, भारत सरकार तथा हाम्रो संगठनले पनि जारी गरेको निर्देशन र डाक्टरहरुले दिंदै आएको सल्लाहलाई हामीहरुले नियमित रूपमा आत्मसात गर्दै पालना गर्यौं भने मात्र यो बिनाशकारी जिबाणुबाट मानब जगतले बिजय हासिल गर्न सक्ने छ । त्यसैले नियमित रूपमा मार्ग निर्देशनलाई पालना गर्दै बाहिरी हल्ला र अफवाहको पछि नलाग्न अनुरोध गर्दछौं ।

मूल प्रवाह क्षेत्रीय समितिले आम नेपाली जनसमुदायमा धैर्यधारण गर्दै जहाँ जे जस्तो अबस्थामा हुनुन्छ, त्यहि अबस्थामा रहने र अप्ठेरोमा परेको घडीमा मूल प्रवाह मध्य दक्षिण क्षेत्रीय समितिले तपाईहरु सबैलाई मद्दत गर्न हमेशा तपाईहरु कै साथमा रहेको कुराप्रति बिश्वास दिलाउन चाहन्छौं । यदि कहिं कतै कुनै प्रकारको समस्या देखिएमा सामाजिक दुरि त कायम गर्नु पर्यो नै तर यसको अर्थ भावनात्मक दुरि पनि बढाउनु कदापि होइन । सबैले सबैलाई तर सचेत रूपमा एक आपसमा सहयोग गर्न अपील गर्दछौं । यसका साथमा अहिलेसम्म नेपालका सीमानामा धेरै नेपालीहरु नेपाल प्रबेश गर्न पाएका छैनन्, त्यहीं विभिन्न किसिमका बाधा ब्यबधानहरुका साथ प्रताडित हुनुपरिरहेको अवस्था छ, यस्तो अबस्थामा नेपाल सरकारले उनीहरुलाई स्वास्थ्य परिक्षण गरि नेपाल प्रवेश गराउने र कोरिन्टाइनमा राख्न उचित किसमको कदम चाल्न पनि नेपाल सरकारलाई अनुरोध गर्दछौं ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार