असामाजिक तत्वहरुद्वारा सम्पर्क नम्बर दुरुपयोगको सम्बन्धमा

नयाँ दिल्ली । अहिले विश्वव्यापी महामारिको रूपमा फैलिएको कोरोना भाईरसद्वारा उत्पन्न लक डाउनले सबैमा कष्ट सिर्जना गरेको सर्वबिदित्तै छ । भारतमा अलपत्र परेका नेपाली मजदुरहरु खासगरी भारतका विभिन्न शहरमा काम गर्ने तथा अप्ठ्यारोमा परेका प्रवासी मजदुरहरुलाई सहयोगका लागि भनेर केही अराजक तथा असामाजिक व्यक्तिहरु उछृन्खल तरिकाले आफ्नो राजनैनिक स्वार्थ पूरा गर्न यस आपतको बेलामा आम नेपाली मजदुरहरुलाई सहयोग गर्ने आशा देखाई, मेरो नाममा दर्ता भएको मेरो निजि मोबाईल नम्बर +91-8415859565, Airtel-NE, मेरो कुनै जानकारी अथवा कुनै स्वीकृत बिना यसरी मेरो चरित्र हत्या गर्ने दुस्साहस गरि प्रचार गरेकोप्रति खेद व्यक्त गर्दछु ।

अतः अहिले व्यापक रुपमा यो नम्बर सर्कुलेट गरिएको हुँदा मलाई सबैको फोन रिसिभ गर्न समेत नसकिने अवस्था आयको छ । कृपया तपाइहरु यस्तो गलत आस्वासनमा नआउनु हुन र यो नम्बरमा कुनै पनि सहयोगका लागि फोन कल नगर्न हुन सबैमा हार्दिक अनुरोध गर्दछु ।

त्यस प्रकारका असमाजिक व्यक्तिहरुसँग मेरो कुनै परिचय, कुनै नातो र सामाजिक संजालमा समेत सम्बन्ध नरहेको समेत जानकारी गराउँदछु । यस बिषयलाई मैले नेपाल तथा भारतीय प्रहरी प्रशासनमा समेत मुद्दा दायर गरिसकेको छु । कानुनी कारबाहीको लागि पनि प्रक्रिया अघि बढाएको छु । यदि यस विज्ञप्ती जारि पछि पनि नसुध्रिए र अझै पनि यस किसिमका क्रियाकलापहरु अघि बढेमा कानुनी कारवाहीको दायारा अझ सख्तरुपमा अघाडि बढाउन बाध्य हुनेछु ।

तिल बहादुर विश्वकर्मा,
शिलाङ, मेघालय,भारत ।

Email: tilbkn@gmail.com

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार