जापान नेपाली एकता समाजद्वारा दलबहादुर बिकलाई २ लाख सहयोग

तेजेन्द्र क्षेत्री,
जापान । जापान नेपाली एकता समाजले जनवादी कलाकार तथा गायक दलबहादुर विकलाई आर्थिक सहयोग गरेको छ । विक विगत केहि समयदेखि दायाँ हरको प्यारलाईसिसको समस्यासँग संघर्ष गरिरहनुभएको छ ।

विकको शारिरीक र आर्थिक कठिनाइमा थोरै भए पनि राहतका प्रदान गर्ने ध्ययले जापानस्थित शुभचिन्तकहरु बीच जापान नेपाली एकता समाजको पहलमा आर्थिक संकलन गरि रु. २ लाख ४३१ रुपैयाँ सहयोग गरिएको हो । सो रकम हिजो चैत्र २९ गते जैमुनी नगरपालिका वार्ड नं ५ का वडा अध्यक्ष गोपाल शर्मा मार्फत हस्तान्तरण गरिएको हो ।

समाजमा भएका सामन्ती सडेगलेका संस्कारको विरुद्ध संघर्षमा उहाँले प्रगतिशिल गित, नृत्य, नाटक र प्रहसन मार्फत जनतामा सुचना प्रवाह गराउने र विद्रोहको संवाहकको रुपमा स्थापित हुनुहुन्छ । यसको पुरस्कार स्वरुप फासिष्ट सरकार र त्यसका लठैतहरुको जालझेलमा झुट्टा मुद्दा खेप्दै करिब ३ बर्षको जेल सजाय भोग्नु भयो । जिउँदै जलाउने, औंलामा काटी गाडने जस्ता चरम यातनाका बाबजुद झुटसँग नगलेर आस्था र निष्ठालाई उचो राखनु भएको थियो । यस्तै खालका प्रगतिशिल पात्रहरुलाई जनताको विचमा सम्मानित भुमिका दिने प्रयास स्वरुप जापान नेपाली एकता समाजले जापानको साँस्कृतिक कार्यक्रममा अतिथिको रुपमा निमन्त्रणा गरेको थियो ।

यसकार्यमा केन्द्रीय सदस्य मेघराज सापकोटा, जैमुनि नगरपालिका वार्ड नं ५ का वडा अध्यक्ष गोपाल शर्मा र उपचार ब्यबस्थापनमा आकास गौतमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार