मूल प्रवाहद्वारा हिमाचल सरकारलाई रु. २५ हजार सहयोग

कुल्लु मनाली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कुल्लू मनाली समितिले कोरोना भाईरस महामारीको लडाईमा हिमाचल राज्य सरकारलाई २५ हजार रुपैया सहयोग गरेको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कुल्लू मनालीका अध्यक्ष साईला लामाको अध्यक्षतमा गएको टोलीले हिमाचल प्रदेश सरकारका वनमन्त्री गोविन्द ठाकुरलाई भेट गरि कोविड १९ सोलिडारिटी रेसपोन्स फण्डमा २५ हजारको चेक हस्तान्तरण गरेको हो ।

चेक हस्तान्तरण गर्न नगर समितिका सलाहकार जय बहादुर, सचिव विनोद बुढा, कोषाध्यक्ष रवि पुन, सदस्य राम बहादुर, फुरपा, रोजी र सुका लामा मन्त्रीको आवासमा पुगेका थिए ।

अध्यक्ष लामाका अनुसार कोभिड १९ को रोकथामका लागि शुरु गरिएको लडाइका कारण हिमाचल प्रदेशमा नेपालीहरु पनि प्रभावित भएका छन् । तर राज्य सरकारले नेपाली – भारतीय नागरिकमा विभेद नगरेर सबैलाई सहयोग गरिरहेकाले आफुहरुले पनि त्यसमा सघाउन समाजका तर्फबाट २५ हजार सहयोग गरेको बताए । लामाले मानिसहरुलाई आग्रह गर्दै लकडाउन पालना गर्न सामाजिक दूरी कायम राख्न अपील गरेका छन् ।

कोरोना भाईरस महामारी विरुद्धको लडाईमा सबैले आ–आफ्नो स्तरमा गरेको सहयोगले अवश्य पनि जीत हासिल हुने भन्दै मन्त्री गोविन्द ठाकुरले मूल प्रवाहले गरेको सहयोगले गरिब र आवश्यकता भएकाहरुलाई राहत हुने बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार