मेराे देश

  • गाेपाल ढुंगेल

मेरो देश
……………
हिजोआज मेरो देश कोठा कोठामा,घर घरमा र सिमानापारी
टुक्रा टुक्रामा विभाजित छ,
सिंगो देश खोज्न हिंडेको म, देश भेटिन१
‘जहाँ छौ त्यहीँ बस’ यो सरकारको आदेश।
अनुसरण गर,मान
नमान्नेलाई भकुर(१)

घर घरमा अग्ला पर्खाल छन,
सुचना टांसेका छनूअनिश्चितकालीन मुख बन्दू
सोधौं कसलाईरुमुर्दा शान्ति
डर र भयको समायोजनले
देश भेटिन,खोइ त देशरुअहं भेटिन (२)

कहिले त देश जलाशय पो हो किरु
जस्तो लाग्छ….
जहाँ साना माछा र शार्कसंगै बस्छन
शार्कले साना माछालाई लाइनमा लाग्न सिकाउंछ,
साना माछाले उस्को वरिपरि घुमेको,उसले तल माथिगर्दा
मुसुक्क मुस्कुराउंछ ऊ…..
पद विभाजन र सेटिङ्ग मिलाउन जान्दछ ऊ
भरे भोको हुनु पर्दैन उसले (३)

देश खोज्न हिंडेको म
सिंगो पृथ्वी नै बन्दीखाना भएको छ
फगत एक आदेशमा….
ूजहाँ छौ त्यहीँ बसू
एक जीवन बांच्ने लालसामा
मान्छेहरु बन्दी बनाइए (४)

देश खोज्न हिंडेको म
देश भेटिन….!
बन्दीले के नै गर्न सक्छ ‘मात्रै आवाज’
हो आवाज निकाल्न सक्छ
डिस्टेन्स कम गर्न सक्छ
बन्दी बन्दी मिलेर
पर्खाल भत्काउन सक्छन,सडकमा….

गर्जनसहित नारा घन्काउन सक्छन
अनि अनि शार्कका
दाह्रा भांचेर आलो रगत पिउन सक्छन
टुक्रा टुक्रामा चोक्टा लुछेर अघाए पछि
अनि त्यसपछी मात्र
बन्दी मान्छेले आफ्नो देश चिन्न सक्छ
मेरो देश भन्न सक्छ (५)

देश खोज्न हिंडेको म
देश भेटिन…!

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार