मूल प्रवाहका कार्यकर्ताहरुद्वारा राहात वितरण

खिमराज चालिसे
चंडीगढ़, १८ अप्रेल । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोविड १९) को कारण विभिन्न स्थानहरूमा लकडाउन र कर्फ्यु चलिरहेको संदर्भमा भारतका विभिन्न ठाउँमा मेहनत मजदूरी गरेर जीवन निर्वाह गरिरहेका आम जनसाधारणहरुलाई झन पछी झन समस्याहरु थपिदै गइरहेको छ ।

उपरोक्त परिस्थितिमा भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले समाजका कार्यकर्ताहरु समेत आम जनसाधारणलाई धैर्यतापूर्वक लकडाउनको पालना गर्दै विपन्न तथा असहाय हरुलाई सहयोग गर्न अनुरोध सहित कैयन गाइड लाइन दिएर आफ्नो अभिभावकिय जिम्मेदारी निर्वाहगर्दै आइरहेको छ ।

यसै बीच मूल प्रवाहका कार्यकर्ता तथा सदस्यहरुले पनि संस्थाको नीति नियम र सैद्धांतिक शिक्षालाई व्यावहारिक रूप दिंदै कैयन असाह्य र गरिव परिवारहरुलाई व्यक्तिगत रुपमा समेत खुला ह्रदयले सहयोगको लागि अगाडि आएका छन् ।

मूल प्रवाहको चंडीगढ़ नगर समितिद्धारा संचालित इंन्डस्ट्रियल एरिया समिति अंतर्गत किसनगढ़ गाउँमा हाम्रा संवाददाता खिमराज चालिसेको आग्रह तथा सदस्य खुमानन्द खनालको पहलमा विद्यार्थी केन्द्रीय सदस्य विष्णु वेल्वासे, मूल प्रवाह सदस्य नारायण खनालको संयुक्त योगदानमा सामाग्री संकलन गरि राहात सामाग्री वितरण गरिको छ । सामाजिक कार्यमा जिम्वेदारी पुर्वक कामगर्दै समाजलाई हरेक परिस्थितिमा सहयोग पुराउँदै आउनुभयका कार्यकर्ताहरुले अहिलेको विषम परिस्थितिमा पनि सामाजिक तथा मानविय भावनाको परिचय दिदै गरिव दुःखीका वस्तीहरुमा पुगेर राहात सामाग्री वितरण गर्ने कार्यबाट सबैलाई थप प्रेरणा र उर्जा दिने कुराप्रति विश्वस्त रहेको कुरा इंडस्ट्रियल एरिया अध्यक्ष शमशेर केसीले वताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार