मूल प्रवाहद्वारा हिमाचलको किन्नोरमा २३० बढि नेपालीलाई राशन व्यवस्थापन

किन्नोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रिकङ पिओको पहलमा किन्नोर जिल्ला अन्तर्गत रहने ८७ नेपाली परिवारका करिब २३० जनालाई राशन व्यवस्थापन गर्दै आएको समाचार हामीलाई पिओबाट मिथुन सिंहले जानकारी दिनु भएको छ ।
लकडाउनको कारणले किन्नोर जिल्ला अन्तर्गत विभिन्न स्थाहरुमा नेपालबाट आई सिजनल नोकरी गर्ने, दैनिक ज्यालादारी गर्ने श्रमिक नेपालीहरु कामबाट बञ्चित भए पछि उनीहरुलाई खानाको समस्या परेकाले नगर समितिद्वारा जिल्लाको खाद्य तथा नागरिक उपभोक्ता मामला जिल्ला किन्नोरमा निवेदन दिइएको थियो ।
यसभन्दा पहिलाको २१ दिने लकडाउनको अवधिमा पनि मूल प्रवाहको पहल तथा व्यापार मण्डल पिओ र तहेशिल काल्पाको संयुक्त सहयोगमा ति नेपाली श्रमिकहरुलाई खाने राशनको व्यवस्था गरिएको थियो ।
लकडाउनको कारणले भारतका विभिन्न शहरमा सिजनल नोकरी गर्ने, दैनिक ज्यालादारी गर्ने, स–साना व्यापार गर्ने, होटल, रेस्टुरेन्ट, मोमो, चाउमिन जस्ता असंगठित क्षेत्रमा कार्यरत नेपालीहरू लाखौंको संख्यामा छन् । अहिले ती नेपालीहरू वेखर्ची भई भोकमारीको अवस्थामा पुगेको बताउँदै समाजको केन्द्रीय समितिद्वारा भारत सरकारसँग उच्च स्तरीय कुटनैतिक वार्ता गरी उनीहरूको समस्याको समाधान गर्न माग नेपाली दूतावास मार्फत नेपाल सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएको समाजका अध्यक्ष दुर्गा बहादुर केसीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार