मूल प्रवाहद्वारा नेपाली श्रमिकहरुलाई रेखदेख

भावानगर–सुंग्रा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अन्तर्गत रामपुर, भावानगर र रिकांगपिओ स्थित रहने श्रमजिवी नेपालीहरुलाई समाजको पहलमा रेखदेख गर्दै आएको केन्द्रीय सदस्य विरु श्रेष्ठले जानकारी दिनु भएको छ ।

“नगर समिति, भावानगर नगर समिति र रिकांगपिओ नगर समितिका साथीहरूले आ–आफ्नो नगर समिति अंतर्गत पर्ने सम्पूर्ण स्थानहरुका प्रवासी नेपालीहरुसँग बेलाबेलामा सम्पर्क गरि यथास्थितिको जानकारी लिरहेका छौं ।” विरु श्रेष्ठले भन्नु भयो– “जानकारी अनुसार रामपुर नगर समिति अंतर्गत ३० जना, भावानगर नगर समितिका ६० जना र रिकांगपिओ नगर समितिमा १०० जना भन्दा बडीलाई जरूरत मन्द, विमारी, बुजुर्ग र मजदूरहरुलाई स्थानीय प्रशासनद्वारा खाद्यान्न वितरण गरेको छ ।”

बिमारीहरुलाई असपताल आउन जानका लागि पनि समाजका कार्यकर्ताहरुले सहयोग गर्दै आएको श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार