कठै ! जीबन कस्तो कठीन भो

  • जुना चालिसे

हाहाकारसंगै आयो भन्छन् महामारी आयो
विश्वव्यापी महामारी कोरोना भाइरस पो आयो
संसार भरका मानव जातिमा भयत्रास छायो
प्रवासिएका मजदुरहरुमा संकट झनै छायो ।

सामाज्यवादको हुंकार टुट्यो दर्दनाक भयो
पुजीवादी संरचना पनि तारतार हुने भयो
मुक्तीकामी जनतालाई दुइछाक नि टार्न गारो
भोको पेट पैदल यात्रा जीवन झनझन सारो ।

हाम्रो मान्छे अर्काको घरमा बसेको यो वास
कती बेला आउला भनेर टुलुटुलु हेरेको गास
आज देखिराछौं मर्दा पनि मलामी नपाको लास
कठै ! जीबन कस्तो कठीन भो नघर नघाट ।

सड्क पेटी मै प्रबासी नेपालीको यस्तो छ वास
घरफर्कने मन मेरो पनि छ रह्यो भने सास
फोनैफोन आइरहन्छन् हामी भोकै प्यासै छौ भन्ने
आफै पनि त उस्तै छौं हजुर के दिन सक्छौं भन्ने ।

मुटु पोल्छ आँखा भरिन्छ तर पेट भर्दिने कसरी
सबको न्याय खोजीरहन्छौ धैर्य रहनु वेसरी
सबैको चुल्ला जलाउला सवैसँग नि रमाउला
लकडाउन पालना गरौं दिप जगमै जलाउला ।

(मालिका गाउपालिका अर्जै गुल्मी
हाल, भारत चंडिगढ)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार