राजमो नवलपुरसमेतको सहभागितामा राहत वितरण

कावासोती । कोरोना भाइरसको सङ्क्रमणका कारण लगाइएको लकडाउनमा समस्या परेका विपन्न तप्कालाई राष्ट्रिय जनमोर्चा नवलपुरसमेतको सहभागितामा राहत वितरण गरिएको छ । राजमो नवलपुरका अध्यक्ष दीपक पाण्डेले दिनुभएको जानकारीअनुसार स्थानीय प्रशासनको समन्वयमा राजमोसमेतको सहभागितामा ४५ लाख रुपैयाबराबरको राहत सामग्री वितरण गरिएको हो ।

त्यस क्रममा प्रत्येक व्यक्तिलाई १० किलो चामल, एक लिटर तेल, एक किलो दाल, एक किलो नुन र एकगोटा साबुनसहितको प्याकेज वितरण गरिएको थियो । गत चैत्र २२ र २३ गते गैँडाकोट नगरपालिकामा चार हजार एक सय जनालाई, हुप्सेकोट गाउँपालिकामा तीन सय जनालाई, विनय त्रिवेणीको त्रिवेणी क्षेत्रमा दुई सय ५० जनालाई सो राहत वितरण गरिएको थियो । त्यस्तै, अरुणखोला र मध्यविन्दु नगरपालिकामा पनि राहत वितरण गरिएको थियो ।

राहत वितरण अभियानमा राजमो विनय त्रिवेणीका गिरिकृष्ण अर्याल, रनबहादुर रिजाल र नरबहादुर विक, राजमो अरुणखोलाबाट विष्णु गिरी र देवी पौडेल, राजमो मध्यविन्दु नगरपालिकाबाट विकाराम चौधरी र टेकप्रसाद पोख्रेल, राजमो डण्डाबाट गिरबहादुर महतरा, राजमो हुप्सेकोटबाट मानबहादुर लामा, भक्तबहादुर उचै, धनमाया मल्ल र बुद्धिसरा नेपाली, गैँडाकोट नगरपालिकामा देवराज पौडेल, रामप्रसाद सापकोटा, दीपक पाण्डे, केशव तिवारी, केशव पौडेल, चन्द्र सापकोटा, कृष्ण सापकोटा, गणेश ज्ञवाली, मेघनाथ पौडेल र ज्ञानु थापाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार