मूल प्रवाहद्वारा भिवानीमा ५०० किलो चामल सहित विभिन्न राहत वितरण

भिवानी । विश्वव्यापी कोरोनाभाइरसका कारणले सर्वव्यापी दुष्प्रभाव श्रृजना गरेको छ । यस संक्रमणको औषधी भेटिएको छैन, जसले गर्दा दिनानुदिन भयावह र आतंकको अवस्था बढ्दै गएको छ ।
लकडाउनको कारणले भारतका विभिन्न शहरमा सिजनल नोकरी गर्ने, दैनिक ज्यालादारी गर्ने, स–साना व्यापार गर्ने, होटल, रेस्टुरेन्ट जस्ता असंगठित क्षेत्रमा काम गर्ने नेपालीहरू लाखौंको संख्यामा छन् । अंसगठित एवं दैनिक ज्यालादारी मजदुर एवं ती स–साना व्यापारीहरू भारत सरकारद्वारा घोषणा गरिएका राहत प्याकेजहरूबाट प्रमाण–पत्रको अभावमा बञ्चित छन् । अहिले ती नेपालीहरू वेखर्ची भई भोकमारीको अवस्थामा पुगेका छन् ।
लकडाउनको परिवेशमा भारत प्रवासमा यति वेला असंगठित क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुका खान र बस्न समेत उत्पन्न भइरहेको छ । कोरोना भाइरस संक्रमण र लकडाउनका समस्याले भारतका विभिन्न स्थानहरुमा श्रमजिवी नेपालीहरु माथि पर्न गएको समस्यालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको स्वपहल, स्थानीय प्रशासन, स्थानीय स्वयंसेवी संघ संस्था र समाज सेवीहरुसँग मिलेर राहत पुर्याउँदै आइरहेको छ । यस प्रकारका कार्यहरु समाधानका लागि क्षेत्रीय समिति, नगर समिति, एरिया समिति एवं टोलसम्मका कार्यकर्ता, समर्थक, शुभचिन्तक सम्पुर्ण लागिपरिरहनु भएको छ ।
यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत भिवानी नगर समितिले स्वपहलमा ५०५ किलो चामल, १०१ किलो दाल, १०१ किलो नून राहत वितरण गरेको छ ।
१७/१८ अप्रेल २०२० का दिन नगर समितिका अध्यक्ष मोहन सिंह विक र   नगर समितिका उपलब्ध कार्यकर्ताहरुको पहलमा सो राहत वितरण गरिएको छ । सो राहत भिवानीस्थित १०१ परिवारमा वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार