मूल प्रवाहद्वारा मोहालीका विभिन्न स्थानहरुमा राहात वितरण

चंडीगढ़, २० अप्रैल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अंतर्गत चंडीगढ़ नगर समितिद्धारा संचालित मोहाली एरियाको कुमडा गाउँ तथा मटौरमा केन्द्रीय सदस्य दिनेश खड़का र नगर उपाध्यक्ष वालाराम न्यौंपाने, एरिया सदस्य चेतमान विक, समाजसेवी तिलक शर्माको पहल एवं वेगम गोतामेको विशेष सहयोग तथा स्थानीय मेयरको सहकार्यमा नेपाली मजदूरहरुलाई राहात वितरण गरिएको छ ।

न्युडल, मोमोज लगाएर जीवन निर्वाह गरिरहेका तथा होटलमा कार्यरत मजदुहरु लकडाउन तथा कर्फ्युपछि करिब ६० जना समस्यामा परेको खबर मूल प्रवाह नगर समिति चंडिगढमा प्राप्त भएपछि समाजका कार्यकर्ताहरुको पहलमा प्रशासन मार्फत राहात सामाग्री वितरण गरिएको हो ।

यसैगरि शाहिमाजरामा १६ जना नेपाली मजदूरहरु पनि स्थानीय प्रशासन मार्फत ग्यास सिलेंडर भरि सहयोग गराउने तथा संते माजरा गाउँमा पनि राहात सामाग्री वितरण नगर उपाध्यक्ष वालाराम न्यौंपानेको विषेश पहलमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार