केशव गाहा (पाल्पाली)
यसरी नसुत्नुहोस् केही हलचल गर्नुहोस्
अन्याय बिरूध्द संघर्षको पहल गर्नुहोस्
भ्रष्टचारी झनै मौलाउने छन् हामी चुप बसे
जुट्नुहोस् र आपसमा छलफल गर्नुहोस्
शोषण दमनका किल्लाहरु ढल्नेछन् पक्कै
आउनुहोस् हिम्मत गर्नुहोस् बल गर्नुहोस्
शोषण मुक्त समाज निर्माण हाम्रो सपना हो
हिम्मत नहार्नुहोस् सपना सफल गर्नुहोस्
मरेर लैजानु के नै छ आखिर जिन्दगीमा
समाजको निम्ति केही काम असल गर्नुहोस् ।
।।