मूल प्रवाहद्वारा लुधियानामा पुनः राहात वितरण

लुधियाना, २३ अप्रेल । कैयौ वर्ष विते, कैयौं शताब्दीहरु फेरिए, कैयौं युग फेरिए तर भोक फेरिएन, भोकको रफ्तार रोकिएन । भारतमा रहेका तमाम मजदुरहरुलाई पनि यतिवेला मानव समाज उत्पत्तीसँगै आएको भोकले सताउन थालेको छ । नसताओस पनि कसरी ? कोरोना महामारीले गर्दा लगाइएको लकडाउनले भोकलाई रोक्ने रोजगार खोसिएको छ । कोरोना संक्रमणलाई नियन्त्रण गर्न कै लागि गरिएको लकडाउन केही कारगार देखिएता पनि भोकमरीको अकाल बढ्ने सम्भावना र चुनौतिलाई मानव जातिले अर्को महामारीको रुपमा लिनु पर्ने पनि विज्ञहरुले बताउँन थालेका छन् ।

विश्व स्तरमा महामारीको रुपमा फैलिएको कोराना संक्रणको सँगसँगै लकडाउनले श्रमजिवीहरुमा जीविका पार्जनमा समेत ठूलो समस्या उत्पन्न भइरहेको छ । रोजगारीको समस्याले गर्दा कैयौं श्रमजिवीहरुले अकालमा ज्यान गुमाउनु पर्ने सम्भावना बढिरहेको छ । लकडाउन समाप्त होला र आफ्नो गाउँ फर्कौंला भन्ने कैयौं मजदुरहरु छन् भने कैयौंले पुनः रोजगारीमा फर्किएर जीवनको सहज बाटो खोज्ने कल्पना गरिरहेको परिस्थिति पनि छ । सरकारद्वारा घोषणा गरिएको राहत प्याकेज असंगठित मजदुरहरु बीच पुग्न सकिरहेको छैन । यस्तो अवस्थामा कैयौंले भोकै प्यासै दिन काट्नु पर्ने अवस्था श्रृजना भइरहेका रिपोर्टहरु दिनदिनै विभिन्न सामाजिक सञ्जालहरुमा आइरहेका छन् ।

यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित लुधियाना नगर समिति, अखिल भारत नेपाली विद्यार्थी संघ लुधियाना नगर सचिव एवं एडवोकेट ललीता पोखरेलको पहल र मूल प्रवाहका स्थानीय कार्यकर्ताहरुको सहयोगमा नेपाली श्रमजिवीहरुलाई राहात सामाग्री वितरण गरि उनीहरुको केही समयको लागि भए पनि भोक निवारण गर्ने कोशिस गरिएको छ । यो राहत वितरण दोश्रो पटक गरिएको नगर समितिका रामचन्द्र पौडेलले हामीलाई जानकारी दिनुभएको छ ।

पौडेलका अनुसार लुधियाना शहरमा समस्या परेकाहरुलाई निरन्तर रुपमा राहत वितरण गरिने बताउनु भएको छ । राहात वितरण पछि स्थानीय जनसमुदायहरुले मूल प्रवाहको सो कार्यको प्रसंसा समेत गरेका छन् ।

राहत वितरण कार्यक्रममा  केन्द्रीय सदस्य बासुदेव भटाराई, क्षेत्रीय सदस्य दोर्ण प्रसाद पोखरेल, नगर अध्यक्ष उदयसिंह चंद, नगर सदस्यहरु रामचन्द्र पौडेल, मान बहादुर आले, खुम बहादुर थापा, गोबिन्द परियार, घनश्याम पौडयाल लगाएतका कार्यकर्ताहरुको उपस्थितिमा सुनित पिंड र अग्र नगर लगायतका स्थानहरुमा राहात सामाग्री वितरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार