मूल प्रवाहका केन्द्रीय सदस्य भट्टराईद्वारा राहात वितरण

श्रीगंगानगर, २३ अप्रेल । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण श्रीगंगानगरमा लकडाउन झेल्दै आइरहेका श्रमजिवी नेपालीहरुलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति श्रीगंगानगरले निरन्तर रुपमा स्वपहल, व्यक्तीगत, संस्थागत र प्रशाशनिक रुपमा विभिन्न जरुरतमन्द मजदुर परिवारहरुलाई राहात उपलब्ध गराउँदै आइरहेको छ ।

यसै परिस्थितिमा समाजका केन्द्रीय सदस्य त्रिभुवन भट्टराईद्वारा मानवीय उदारता प्रकट गर्दै राहात प्रदान गर्नुभएको छ । भट्टराईले व्यक्तिगत रुपमा स्थानिय जरुरतमन्द १२ परिवारका करिव ५० जनालाई राहात सामाग्री वितरण गर्नुभएको हो ।

जस्माः प्रत्येक परिवारमा १० कीलो आटा, १ किलो दाल, १ किलो चामल, १ किलो चीनी, १ किलो नून, १ लिटर तेल, एकपोका चियापत्ती, रातोखुर्सानी र वेसार रहेका १२ वटा किट सहयोग गरि नगर सदस्य तथा जवाहरनगर एरिया समितिका अध्यक्ष सुकदेब रिजाल मार्फत वितरण गराउनु भएको छ ।

मुल प्रवाहका नेतृत्व पंक्तीका कार्यकर्ताबाट जनसाधारणमा गरिएको सहयोगले स्थानिय कार्यकर्ताहरुमा पनि उर्जा थपिएको छ, भने पिडीत जनसाधारणमा मूल प्रवाहप्रति आशा र विश्वास अझै गाढा हुँदै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार