मूल प्रवाहद्वारा हिमाचलमा नेपाली श्रमिकहरुलाई धमाधम राहत

किन्नोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रिकङ पिओको पहलमा किन्नोर जिल्ला अन्तर्गत पियो र सांगलामा करिब ११४ घर परिवारलाई राहत स्वरुप राशन व्यवस्थापन गरेको छ । स्मरण रहोस् रिकङ पियो नगर समितिलको पहलमा यस भन्दा पहिला पनि ८७ नेपाली परिवारका करिब २३० जनालाई राशन व्यवस्थापन गर्दै आएको थियो ।
स्थानीय प्रशासनको सहयोग र मूल प्रवाह नगर समितिको पहलमा हिजो शुक्रबार ३३ घर परिवारलाई र आज शनिबार ४५ घर परिवारलाई राहत वितरण गरिएको हामीलाई किन्नोरबाट मिथुन सिंहले जानकारी दिनु भएको छ । सिंहका अनुसार भोली आइबार पनि ३६ घर परिवारलाई राहत स्वरुप राशन वितरण गरिने छ ।
लकडाउनको कारणले किन्नोर जिल्ला अन्तर्गत विभिन्न स्थानहरुमा नेपालबाट आई सिजनल नोकरी गर्ने, दैनिक ज्यालादारी गर्ने श्रमिक नेपालीहरु कामबाट बञ्चित भए पछि उनीहरुलाई खानाको समस्या परेकाले मूल प्रवाहद्वारा जिल्लाको खाद्य तथा नागरिक उपभोक्ता मामला जिल्ला किन्नोरमा निवेदन दिइ उनीहरुलाई राशन व्यवस्थापन गरिएको हो ।
यसभन्दा पहिलाको २१ दिने लकडाउनको अवधिमा पनि मूल प्रवाहको पहल तथा व्यापार मण्डल पिओ र तहेशिल काल्पाको संयुक्त सहयोगमा नेपाली श्रमिकहरुलाई खाने राशनको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार