आगरावासी नेपाली श्रमिकहरुलाई मूल प्रवाहद्वारा सहयोग

आगरा । वर्तमान समयमा प्रकृतिको सबै भन्दा विवेकशील प्राणी मनुष्यको जीवनमा विश्वव्यापिरूपले फैलिरहेको महामारी कोरोना वायरस (कोविड –१९) ले उत्पन्न विश्व महासंकटमा प्रवासी जीवन यापन गर्न बाध्य भएका नेपाली जनमानसको अति दयनीय अवस्थाको अनगिनत खबरहरू सोसल मीडिया, प्रिन्ट मीडिया र इलेक्ट्रोनिक मीडियाहरुमा छ्यापछ्यापी छाइरहेका छन् । नेपालीहरू अधिकतर श्रमजीवी वर्ग भएको कारण उनीहरुसँग संचित पूँजिको अभाव हुनु स्वभाविकै हो । त्यस मध्य पनि होटल, रेस्त्रा र डेली वेजेजका कार्य गर्नेहरु नेपाली श्रमिकहरूको स्थिति अत्यन्त दयनीय हुन पुगेको छ । कार्यस्थलहरुको बंदको कारणले साँझ–बिहानको खाना खानबाट पनि बंचित हुनु पर्ने अवस्था श्रृजना भएको छ ।
आजको यस संकटकालीन स्थितिमा जहाँ हामीले आफूलाई बचाउनको लागि अनिवार्यताले एक्लोपन झेल्नु परेको छ भने अर्को तीर यो अवस्थामा बाँच्नको लागि आवस्यक खाद्य सामाग्रिहरुको अभावको समस्या पनि त्यति नै आधारभुत आवश्यकता बनेको छ । यद्यपि हामीहरूले यस छुवाछूतको महामारीबाट आफु र आफन्तहरूलाई बचाउनको लागि एकान्त वासमा रहन बाध्य छौ भने अर्कोतीर आफन्तहरुको गास, वास, प्यास र सुस्वास्थ्यको लागि पनि चिन्तित छौं ।
हामीहरूलाई थाहा छ कि प्रवासी नेपालीहरुको संरक्षक भन्ने हामीहरु स्वयं ज हौ । न त हामीहरूलाई हाम्रो नेपाल सरकारको संरक्षण छ, न भारत सरकारको स्नेह । यस्तै प्रकारका विषम अवस्थामा कर्तव्यनिष्ठ रूपले कार्यशील हाम्रो एक मात्र सामाजिक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतबर्षमा रहेका श्रमजीवीहरुको विभिन्न प्रकारका समस्याहरूको समाधानको लागि निरन्तर कदम उठाई रहेको छ ।
यसै बीच आगरामा पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति, आगराका सक्रिय कार्यकर्ताहरुको पहल तथा नगर अध्यक्ष मीट्ठू के.सीको नेतृत्वमा आगरामा प्रवास गर्दै आएका सम्पूर्ण श्रमजिवी नेपालीहरुको घर दैलोमा खाद्य पदार्थहरु पुर्याउने क्रम जारी छ । आगरामा हालसम्म नेपालीहरुको जनघनत्व भएका स्थानहरुः लंगडे की चौकी, भगवति ढाबा, इन्डष्ट्रीयल एरिया, लाखनपुर, महल गाँव, सिकन्द्रा, अरतौनी, गणेश नगर, खन्दारी, शास्त्री नगर, टी.पी.नगर, लायर्स कलोनी, जवाहार नगर, पल्लीपार, राजामण्डी आदि क्षेत्रमा खाद्य पदार्थ वितरण गरिएको छ ।
खाद्य पदार्थमा सत्येन्द्र दशौदी, मीट्ठू के.सी., लाखन परियार, प्रकाश शर्मा,  राम बहादुर के.सी., दिननाथ थापा, रवि के.सी, राज सोनी, आई.पी.कोईराला, शेर ब.खत्री, पूरन सिंह परियार, ललित बहादुर लगातयतका नेता कार्यकर्ताहरुले व्यक्तिगत तथा पहल पछि वितरण गर्नुभएको छ ।
कोरोनाको प्राण घातक महामारीको प्रकोपको प्रवाह नगरी सबै मित्रजनहरूको घर दैलोमा गएर राहत वितरण गरेर एउटा अदम्य साहस देखाएर सहरानीय कार्य गर्नु भएको छ । वहाँहरुलाई स–हृदय धन्यवाद छ ।
आगराका विभिन्न क्षेत्रहरुलाई उ.प्र.शासनादेशानुसार एरिया शील गरिएको कारण एक स्थानबाट अर्को स्थानको आवागमन निषेधित छ । अतः सम्पूर्ण जिम्मेदार पदाधीकारीहरुले आफ्नो स्थानबाट आ–आफ्ना क्षेत्रका मित्रहरुको सहयोगको दायित्व निभाउनु पर्ने आवश्यकता छ । हामीहरूको सहकार्य, सदभावना, सावधानी र सहयोगद्वारा यस प्राकृतिक प्रकोपबाट सजीलैसँग पार पाउन सफल हुने छौं ।
सम्पूर्ण मित्रहरुलाई अति आग्रह छ कि, यस विषम परिस्थितिमा धैर्यताको परिचय दिंदै शासन, प्रशासन र समाजिक उत्थानका नियमहरूको अनुपालन गरेर आफ्नो सहयोग अवश्य दिनुहुने छ । यदि कुनै पनि मित्रलाई सहयोगको अति आवश्यकता परेमा हामीलाई सम्पर्क गर्नु होला ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार