नपरोस तिम्रो अन्तिम दिन गन्न

लक्ष्मण पांडे
(चंडीगढ़)

अन्याय र अत्याचार हटाउने दियो बाल्छौं ।
होस गर शोषकहरू तिम्रो सत्ता ढलाई फाल्छांै ।।
कतिदिन सक्ने छौ र जनतामा धुलो झोक्न ।
अब सह्य हुने छैन तिमिले दिएको बोझ बोक्न ।।

संघीयता थोपिदियौ जनताको माग हैन ।
नेपाल जस्तो देशमा संघीयताको अर्थ छैन ।।
देशबेच्ने दुष्साहस तिमले नगरे हुन्छ अब ।
ढाली दिन्छौं तिम्रो सत्ता एक भएर जनता सब ।।

क्रान्तिको ज्वारभाटा तिम्रो समिप पुग्दैछ है ।
खबरदार शोसकहरू तिम्रो शिर झुक्दै छ है ।।
रिमोटबाट चल्ने सत्ता जनतालाई काडो भयौ ।
संघीयता खारेजगर जनतालाई घांडो भयो ।।

संघीयता ठिक छैन हामीले पहिले भनेका छौं ।
कतिदिन खेप्न सक्छौं हामले दिन गनेका छौं ।।
नबनाउ बाध्य तिमि सडकबाट तुफान बन्न ।
नपरोस जनतालाई तिम्रो अन्तिम दिन गन्न ।।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार